logo

झारखण्ड र बिहारमा संदीग्ध कोरोनमा संक्रमीतको बारेमा सूचना दिनेलाई कुटेरै मारियो

      4/1/2020 गते 00 00 मा प्रकाशित     1398   पटक पढिएको

पटना १९ चैत ।  बिहारको सीतामढी जिल्लामा कोरोना भाइरसका शंकास्पद संक्रमीतहरुको बारेमा सूचना दिने एक युवालाई पिटेर हत्या गरिएको छ । घटना सीतामढीको रुन्नीसैदपुर थाना अन्र्तगत माधौल गाउँ ३१ मार्चमा भएको  हो ।

इंडिया टुडेको रिपोर्ट अनुसार मधौल गाउँका बब्लु नामाका ति युवाले गाउँमा बाहिर बाट आएका कोरोनाका संदीग्ध संक्रमीत मान्छेहरुका बारेमा स्वास्थ्यकर्मीलाई सूचना दिएकै कारण पिटेर उनको हत्या गरिएको हो । 

बब्लु ले आफनो गाउँलाई कोरोनाबाट बचाउनकालागि सर्तकताको उदाहरण दिदै प्रशासनलाई गाउँमा अन्य राज्यबाट फर्किएर आएकाहरुको बारेमा सूचना दिएका थिए । त्यही सूचना दिएकै कारण उनलाई स्थानीयले पिटेरै मारि दिए ।


रिपोर्टका अनुसार महाराष्ट्रबाट यही हप्ताको शुरुमा दुई जना मजदुर मधौल गाउँमा फर्किएका थिए ।राज्य सरकारको तर्फबाट जारी भएको निर्देशको पालना गर्दै बब्लुले गाउँमा आएका मजदुका बिषयमा स्थानीय अधिकारीलाई सूचना दिएका थिए । 


सूचनाका आधारमा स्वास्थ्य बिभागका अधिकारीको टीम कोरोना भाइरसको जाँचकालागि नमुना लिन दुर्य जना मजदुरको घरमा पुगेको थियो ।


जसले गर्दा दुईजना मजदुर रिसाएका थिए । नममुना दिएपछि पाँच जनाको टोली सहित सिधै बब्लुको घरमा पुगरे स्वास्थ्यकर्मीलाई सूचना दिएको भन्दै सात जना मिलेर नराम्रोसंग कुटपिट गरे ।

 

जसको कारण उनको मृत्यु भयो । हत्यामा संलग्न सातै जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु बिरुद्ध आइपीसीका बिभिन्न धारा अन्र्तगत मुद्धा दर्ता गरिएको छ । यसैवीच भारतका स्वास्थ्यमंत्री डा.हर्षवद्र्धनले कोरोना संदीग्धको बारेमा सूचना दिने युवकको हत्याको खवर निकै दुःखद भएको बताउनु भएको छ ।

 

उहाँले एक ट्वीट गर्दै मुस्किलको घडीमा समाज एक हुन जरुरी रहेको बताउदै उहाँले आफनो जिम्मेवारीबाट पछि नहटन उहाँले आग्रह गर्नु भएको छ ।


यो भन्दा पहिला झारखण्डमा केही मान्छेहरुलाई सुरक्षाकालागि घरमै बस्न आग्रह गर्ने एक जना पसलेलाई पिटेर हत्या गरिएको थियो ।यो घटना झारखण्डको पलामु जिल्लाको उदयपुरमा २५ मार्चमा भएको थियो ।

 

बिभिन्न शहरबाट मजदुरी गरेर फर्केकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने सरकारले निर्देश जारी गरेको छ । मजदुरबाट गाउँ फर्किएका चार जना युवाहरु घुम्दै २५ वर्षिय पसले काशी सावको दोकानमा पुगेका थिए । पसलेलले उनीहरुलाई घरमा बस्न सल्लाह मात्र के दिएका थिए । नराम्रोसंग पिटेरै मारे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.