logo

ब्रिटेनका राजकुमार कोरोनाबाट संक्रमीत,बंग्लादेशमा पूर्वप्रधानमंत्री जिया जेल बाट रिहा

      3/25/2020 गते 00 00 मा प्रकाशित     1725   पटक पढिएको

बीरगंज १३ चैत । कोरोना भाइरसको संक्रमणको कारण बांग्लादेशले पूर्व प्रधामंत्री तथा प्रमुख प्रतिपक्षी दलका नेता बेगम खादिा जियालाई छ महिनाकालागि जेलबाट मुक्त गरेको छ । उता ब्रिटेनका राजकुमार चाल्र्स भने कोरोना भाइरसबाट संक्रमीत हुनु भएको छ । 

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बांग्लादेश नेशनलिस्ट पार्टी की प्रमुख जिया ७४ वटा भ्रष्टारका मुद्धामा १७ वर्षकोलागि जेल सजाय फैसला भएको छ । उहाँ  २०१८ मा जेल पर्नु भएको थियो । 

बांग्लादेशका  गृह मंत्री असद उज़ ज़मांले  प्रधानमंत्री शेख हसीनाले स्वीकृति दिएपछि मानवताको आधारमा बुधवार केही शर्तहरु सहित जियालाई रिहा गरिएको जानकारी दिनु भयो । 

समाचार एजेंसी पीटीआईका अनुसार  बांग्लादेशमा  कोरोना भाइरसको संक्रमणले अहिले सम्म पाँच जनाको श्ज्यान गएको छ । सरकारले बंग्लादेशमा पनि बन्दको घोषणा गरेको छ । 

प्रिंस चार्ल्स कोरोना  संक्रमित 
ब्रिटेनका राजकुमार  चार्ल्स बुधवार कोराना भाइरसबाट संक्रमीत भएको पुष्टि भएको छ । उहाँको कायाृलयले यो कुराको पुष्टि गरेको हो । 
क्लेरेंस हाउस कार्यालयले  महारानी एलिजाबेथका सबै भन्दा ठुला छोरा राजकुमार चाल्र्स मा हल्का लक्षण देखिएको छ भनेको छ । 

टेलीग्राफका अनुसार राजकुमार चाल्र्स की पत्नी कैमिला को कोरोना भाइरस जाँचमा नेगेटिभ देखिएको छ । दुबै जना स्कटलैण्डमा आसोलेशनमा बस्दै आउनु भएको छ ।  

स्काई न्यूजको रिपोर्टका अनुसार पुरै ब्रिटेनमा आज लकडाउनको तेश्रो दिन हो । बुधवार बेलुका सम्म ब्रिटेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या भने ४ सय २४ पुगेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.