logo

जनसम्पर्क समिति स्पेनको छैठौं अधिवेशनका लागि सदस्यता वितरण संगै आर्थिक चलखेल सुरु 

      1/25/2019 गते 00 00 मा प्रकाशित     2008   पटक पढिएको

सौरभ शर्मा
बार्सिलोना,१० माघ ।
नेपाली जनसम्पर्क समिति स्पेनको  छैठौं अधिवेशनका लागि सदस्यता र कृयाशिल सदस्यता वितरण संगै आर्थिक चलखेल सुरु भएको छ । मंगलबार देखि सदस्यता वितरण संगै उमेदवारहरुले आआफ्नो पक्षमा मतदाताहरुलाई सदस्यता बाढ्न तछाड मछाड गरेर लागि परेका छन् ।

 

नेपाली काग्रेशको नेपालको गुटउपगुट स्पेनमा पनि देखा परेको छ । सदस्यता वितरण संगै रेस्टुरेष्टहरुमा दैनिक भोज भतेर तथा मोबाईल ब्यालेन्स लगायत बाढिएको भोजमा सहभागिहरुले बताउछन् ।


छैठौ अधिवेशनका लागि संस्थापक पक्षबाट उमेदवार संन्दिप मोहन भट्टराई र प्रजातान्त्रिक देउवा पक्षबाट विष्णु रिजाल तथा लोप्रिय युवा नेता संन्तोष श्रेष्ठको त्रिपक्षिय उमेदवारी हुने आकलन गरिएको छ । जनसम्र्पक समितिका सस्थापक सभापति तथा एनआरएनएका अध्यक्ष चिन्तामणि सापकोटाले भट्टराईको लागि मतदाताहरु संग मत मागेको बुझिन आएको छ । 


यस्तै रिजाल पक्षमा प्रत्येक्ष सहभागिता नभए पनि पुर्व सभापति तथा एनआरएनए उपसंयोजक एकराज गिरीको समर्थन रहेको बुझिन आएको छ । युवा उमेदवारमा श्रेष्ठको पक्षमा भने युवा तथा आम समुदायको भिड बढि देखिएको छ । एनआरएनए स्पेनका पुर्व प्रवक्ता समेत रहेका श्रेष्ठ एनआरएनए आईसीसी टाक्स फोर्समा रहेर सिन्धुलीगढि पर्यटन प्रर्वद्धको लागि सिन्धुलीगढि गुरुयोजनाका सहयोगार्थ नेपाली फिल्म छक्का पन्जा तिनबाट संकलित कार्यमा सहयोगी भुमिका समेत निर्वाह गरेका थिए । 


चुनावको वेलामा उदाउने भट्टराई अन्य समयमा समाजसेवा भन्दा आफ्नो ब्यक्तिगत काममा ब्यस्त हुने तथा एनआरएनए स्पेनको पुर्व महासचिव समेत हुदा सक्रियता नदेखाएका हाल अधिवेशनमा होमिएको देख्दा बार्सिलोना बासी तिन छक परेका छन् । प्रजातान्त्रिक पक्षका रिजाल पाचौ अधिवेशनमा ईन्द्र प्रसाद शर्मा संग पराजित भएका थिए । 
रिजाल समाजमा भने एक दशक देखि सक्रिय समाजसेवामा लागि परे पनि हाल केहि वर्ष देखि निस्कृय देखिन्छन् । समितिले मार्च अन्तिम साता सम्म आफ्नो सदस्यता विब्रताका साथ वितरण गर्ने जनाएको छ ।

 

एनआरएनए स्पेनको विभिन्न समयमा कार्यसमितिमा भएर पनि भुमिगत शैलीमा बसेकाहरु पुन सक्रिय भएर जनसम्र्पक समितिको निर्वाचनमा आर्थिक चलखेलमा लागि परेका छन् । काग्रेशको महाधिवेशन प्रतिनिधि रिजाल र श्रेष्ठ हुन भने भट्टराई कार्यसमिति सदस्य मात्रै हुन । संस्थापक सभापति सापकोटा भने सकृय चलखेलमा लागेको बार्सिलोनाबासी काग्रेश समर्थकहरु बताउछन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.