logo

केरललाई उछिन्दै सिक्किम बन्यो भारतको पहिलो पूर्ण साक्षर राज्य

      8/17/2018 गते 00 00 मा प्रकाशित     3668   पटक पढिएको

काठमाण्डौ, १ भदौ ।

सिक्किम भारतकै पहिलो पूर्ण साक्षर राज्य बनेको घोषणा सिक्किमका मुख्यमन्त्री पवन चामलिङले घोषणा गरेका छन्।

‘अहिले सिक्किमको साक्षरता दर ९६.७२प्रतिशत छ। विद्यालयबाहिर ३.२८ प्रतिशत स-साना नानीहरू छन्’ पहिलो पूर्ण शिक्षित राष्ट्र भएको घोषणा गर्दै मुख्यमन्त्री चाम्लिङले शुक्रबार भने, ‘उनीहरूको उमेर विद्यालय जाने नभएकोले कुनै पनि राज्य वा देश कहिल्यै पनि सय प्रतिशत साक्षर हुन सक्दैन। तर, पूर्ण साक्षर राज्य वा देश भने बन्नसक्छ।’

केरलभन्दा अगाडि 
अहिलेसम्म भारतमा ‘पूर्ण साक्षर’ को रेकर्ड दक्षिण भारतीय राज्य केरलको नाममा थियो। केरलको साक्षरता दर ९३.९१प्रतिशत छ।

उल्लेखनीय छ, २६ मंसीर २०५१ मा पवन चामलिङको नेतृत्वमा सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) सिक्किमको सत्तामा आउँदा सिक्किमको साक्षरता दर ५६ प्रतिशत मात्र थियो।

२४ वर्षको शासनअवधिमा सिक्किम प्रजातान्त्रिक मोर्चाको सरकारले शिक्षालाई प्राथमिकता दिँदै आएकोले नै सिक्किम आज देशकै पूर्ण साक्षर राज्य बनेको मुख्यमन्त्री चामलिङले बताए।

उनका अनुसार, एसडीएफ सरकारले कुल बजेटको २० प्रतिशत शिक्षाका लागि विनियोजन गर्दै आएको छ।

त्यो सिक्किम, यो सिक्किम
चामलिङ मुख्यमन्त्री बनेका बेला सिक्किममा एउटा मात्र कलेज थियो। आज सिक्किममा कलेजको सङ्ख्या बढ़ेर २४ पुगेको छ।

सिक्किममात्र भारतको एउटा यस्तो राज्य हो, जहाँ कलेजस्तरसम्म विद्यार्थीहरूलाई निःशुल्क पठनपाठन गराइन्छ।

सिक्किम प्रजातान्त्रिक मोर्चा सरकारमा आउनुअघि राज्यमा एउटा पनि विश्वविद्यालय थिएन।

तर अहिले सिक्किममा एउटा सरकारी स्तरको केन्द्रीय विश्वविद्यालय छ। साथै, राज्य विश्वविद्यालय चाँड़ शुरु गर्ने घोषणा पनि भइसकेको छ।

त्यसबाहेक सिक्किममा बौद्ध विश्वविद्यालय पनि स्थापना भइसकेको छ।

यसैगरी कानून विश्वविद्यालयपनि स्थापनाको संघारमा छ। हाल राज्यमा अन्य पाँचवटा निजी विश्वविद्यालय छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.