logo

केरललाई उछिन्दै सिक्किम बन्यो भारतको पहिलो पूर्ण साक्षर राज्य

      8/17/2018 गते 00 00 मा प्रकाशित     3460   पटक पढिएको

काठमाण्डौ, १ भदौ ।

सिक्किम भारतकै पहिलो पूर्ण साक्षर राज्य बनेको घोषणा सिक्किमका मुख्यमन्त्री पवन चामलिङले घोषणा गरेका छन्।

‘अहिले सिक्किमको साक्षरता दर ९६.७२प्रतिशत छ। विद्यालयबाहिर ३.२८ प्रतिशत स-साना नानीहरू छन्’ पहिलो पूर्ण शिक्षित राष्ट्र भएको घोषणा गर्दै मुख्यमन्त्री चाम्लिङले शुक्रबार भने, ‘उनीहरूको उमेर विद्यालय जाने नभएकोले कुनै पनि राज्य वा देश कहिल्यै पनि सय प्रतिशत साक्षर हुन सक्दैन। तर, पूर्ण साक्षर राज्य वा देश भने बन्नसक्छ।’

केरलभन्दा अगाडि 
अहिलेसम्म भारतमा ‘पूर्ण साक्षर’ को रेकर्ड दक्षिण भारतीय राज्य केरलको नाममा थियो। केरलको साक्षरता दर ९३.९१प्रतिशत छ।

उल्लेखनीय छ, २६ मंसीर २०५१ मा पवन चामलिङको नेतृत्वमा सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) सिक्किमको सत्तामा आउँदा सिक्किमको साक्षरता दर ५६ प्रतिशत मात्र थियो।

२४ वर्षको शासनअवधिमा सिक्किम प्रजातान्त्रिक मोर्चाको सरकारले शिक्षालाई प्राथमिकता दिँदै आएकोले नै सिक्किम आज देशकै पूर्ण साक्षर राज्य बनेको मुख्यमन्त्री चामलिङले बताए।

उनका अनुसार, एसडीएफ सरकारले कुल बजेटको २० प्रतिशत शिक्षाका लागि विनियोजन गर्दै आएको छ।

त्यो सिक्किम, यो सिक्किम
चामलिङ मुख्यमन्त्री बनेका बेला सिक्किममा एउटा मात्र कलेज थियो। आज सिक्किममा कलेजको सङ्ख्या बढ़ेर २४ पुगेको छ।

सिक्किममात्र भारतको एउटा यस्तो राज्य हो, जहाँ कलेजस्तरसम्म विद्यार्थीहरूलाई निःशुल्क पठनपाठन गराइन्छ।

सिक्किम प्रजातान्त्रिक मोर्चा सरकारमा आउनुअघि राज्यमा एउटा पनि विश्वविद्यालय थिएन।

तर अहिले सिक्किममा एउटा सरकारी स्तरको केन्द्रीय विश्वविद्यालय छ। साथै, राज्य विश्वविद्यालय चाँड़ शुरु गर्ने घोषणा पनि भइसकेको छ।

त्यसबाहेक सिक्किममा बौद्ध विश्वविद्यालय पनि स्थापना भइसकेको छ।

यसैगरी कानून विश्वविद्यालयपनि स्थापनाको संघारमा छ। हाल राज्यमा अन्य पाँचवटा निजी विश्वविद्यालय छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.