logo

बारुलाको गुँड हटाइयो

      5/10/2017 गते 00 00 मा प्रकाशित     1534   पटक पढिएको

कोलम्बो, २७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा आज श्री लङ्का आइपुग्नु हुँदैछ । बुद्ध जयन्तीको उपलक्षमा राजधानी कोलम्बोमा आयोजित ूवैशाखू नामक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्नु हुनेछ ।

एसियाकै ज्योति ९लाइट अफ एसिया०ू का नामबाट विश्वभरका अरबौं शान्तिप्रेमी जनताले श्रद्धा र भक्ति गर्ने भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्यु ९महा परिनिर्वाण० को स्मरण गर्दै वार्षिक जयन्ती मनाइने तिथि आज बैशाखशुक्ल पूर्णिमाको दिनलाई संयुक्त राष्ट्र संघले पनि अन्तर्राष्ट्रिय रुपमा मान्यता दिई ूयुनाइटेड नेसन्स डे अफ बैशाखू भन्ने नामाकरण गरेको छ ।
युनाइटेड नेसन्स डे अफ बैशाखको उपलक्षमा गरिने अन्तर्राष्ट्रिय वार्षीक बौद्ध सम्मेलन यस वर्ष कोलम्बोमा आयोजित भै रहेको छ ।

सम्मेलनलाई सम्बोधनपश्चात् हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी तथा श्री लङ्काली राष्ट्रपति विक्रम रणसिङ्घे कोलम्बोको स्थानीय एक बिशाल चिया बगान भ्रमण गर्नु हुनेछ ।
प्रधानमन्त्री मोदीले भारतको आर्थिक सहयोगबाट उक्त चिया बगानमा नवनिर्मित एक सुबिधा सम्पन्न अस्पतालको उद्घाटन गर्नु हुनेछ । सो अवसरमा त्यहाँ स्थित चिया बगान तथा भारतीय सम्पदा स्थलमा कार्यरत भारतीय नागरिकहरुलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

हवाई मार्ग वा हेलिकोप्टर अवतरण गर्दा बिषालु बारुलाहरुले चिल्न सक्ने खतराबाट जोगाउन र प्रधानमन्त्री मोदीको ब्यक्तिगत शारिरीक सुरक्षालाई ध्यानमा राखी कार्यक्रम स्थलभन्दा दुइ किलोमिटर वरपरका अग्ला रुखहरुमा गुँड लगाएर बसेका हजारौंको सङ्ख्याका बारुलाहरुलाई श्री लङ्काका अधिकारीहरुले टाढाको जङ्गलमा चाकासहित सारिदिएका श्री लङ्काको

मौरी संरक्षण सङ्गठनका प्रमुख तिस्सा बन्दरा थम्बाविताले बताएका छन् ।
गँुड स्थानान्तरण तथा अतिथिहरुलाई बारुलाबाट बचाउ कार्यका लागि आठ जना प्राबिधिकहरुलाई खटाइएको पनि थम्बाविताले जानकारी दिए ।प्रधानमन्त्री मोदी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.