logo

बारुलाको गुँड हटाइयो

      5/10/2017 गते 00 00 मा प्रकाशित     1709   पटक पढिएको

कोलम्बो, २७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा आज श्री लङ्का आइपुग्नु हुँदैछ । बुद्ध जयन्तीको उपलक्षमा राजधानी कोलम्बोमा आयोजित ूवैशाखू नामक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्नु हुनेछ ।

एसियाकै ज्योति ९लाइट अफ एसिया०ू का नामबाट विश्वभरका अरबौं शान्तिप्रेमी जनताले श्रद्धा र भक्ति गर्ने भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्यु ९महा परिनिर्वाण० को स्मरण गर्दै वार्षिक जयन्ती मनाइने तिथि आज बैशाखशुक्ल पूर्णिमाको दिनलाई संयुक्त राष्ट्र संघले पनि अन्तर्राष्ट्रिय रुपमा मान्यता दिई ूयुनाइटेड नेसन्स डे अफ बैशाखू भन्ने नामाकरण गरेको छ ।
युनाइटेड नेसन्स डे अफ बैशाखको उपलक्षमा गरिने अन्तर्राष्ट्रिय वार्षीक बौद्ध सम्मेलन यस वर्ष कोलम्बोमा आयोजित भै रहेको छ ।

सम्मेलनलाई सम्बोधनपश्चात् हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी तथा श्री लङ्काली राष्ट्रपति विक्रम रणसिङ्घे कोलम्बोको स्थानीय एक बिशाल चिया बगान भ्रमण गर्नु हुनेछ ।
प्रधानमन्त्री मोदीले भारतको आर्थिक सहयोगबाट उक्त चिया बगानमा नवनिर्मित एक सुबिधा सम्पन्न अस्पतालको उद्घाटन गर्नु हुनेछ । सो अवसरमा त्यहाँ स्थित चिया बगान तथा भारतीय सम्पदा स्थलमा कार्यरत भारतीय नागरिकहरुलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

हवाई मार्ग वा हेलिकोप्टर अवतरण गर्दा बिषालु बारुलाहरुले चिल्न सक्ने खतराबाट जोगाउन र प्रधानमन्त्री मोदीको ब्यक्तिगत शारिरीक सुरक्षालाई ध्यानमा राखी कार्यक्रम स्थलभन्दा दुइ किलोमिटर वरपरका अग्ला रुखहरुमा गुँड लगाएर बसेका हजारौंको सङ्ख्याका बारुलाहरुलाई श्री लङ्काका अधिकारीहरुले टाढाको जङ्गलमा चाकासहित सारिदिएका श्री लङ्काको

मौरी संरक्षण सङ्गठनका प्रमुख तिस्सा बन्दरा थम्बाविताले बताएका छन् ।
गँुड स्थानान्तरण तथा अतिथिहरुलाई बारुलाबाट बचाउ कार्यका लागि आठ जना प्राबिधिकहरुलाई खटाइएको पनि थम्बाविताले जानकारी दिए ।प्रधानमन्त्री मोदी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.