logo

सर्वसम्मत प्रधानमन्त्री नियुक्त गर्न आह्वान

      5/11/2017 गते 00 00 मा प्रकाशित     1836   पटक पढिएको

संयुक्त राष्ट्र संघ, २९ बैशाख । सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपति जोस मारियो भासलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आह्वान गरेको छ ।


हाल चलिरहेको राजनीतिक द्वन्द्वले चरम अस्थिरता निम्त्याउन सक्ने राष्ट्रिय खतरालाई रोक्न गिनि बिसाउमा अधिकतम राजनीतिक समर्थन प्राप्त गर्ने प्रधानमन्त्रीको नियुक्तिको अभाव खट्किरहेको चर्चा भै रहेको छ ।

यसै क्रममा, राष्ट्रिय समस्या समाधान गर्नका लागि गिनि बिसाउका राजनीतिक दलको बेवास्ता र उदासीनतालाई दृष्टिगत गरी त्यहाँको राजनीतिक सङ्कटप्रति गहिरो चासो राख्दै पन्ध्र सदस्यीय सुरक्षा परिषदले उक्त प्रस्ताव पारित गरेको हो ।

गिनि बिसाउमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको मध्यस्थतामा पूर्वहस्ताक्षरित ूकोनाक्राइ सम्झौताू को निष्ठापूर्वक पालना गर्न र सम्झौतामा उल्लेखित प्राबधान अनुसार अतिशीघ्र नै उक्त सम्झौताप्रति आस्थावान् प्रधानमन्त्री नियुक्त गर्न आह्वान गरिएको राष्ट्र संघीय सुरक्षा परिषद्द्वारा आज प्रकाशित एक बिज्ञप्तिमा जनाइएको छ ।

गिनी बिसाउमा विगत एक वर्षदेखि चलिरहेको राजनीतिक द्वन्द तथा अस्थिरता र अशान्तिका कारण लागू पदार्थको तस्करी र ओसार पसार तथा चरम हिंसात्मक अतिबादले मौलाउने राम्रो अवसर पाइरहेको समेत उक्त विज्ञप्तिले जनाएको छ ।

गिनी बिसाउको वर्तमान राजनीतिक स्थितिलाई नजिकबाट नियाली रहेको उल्लेख गर्दै त्यहाँको सङ्कटलाई थप बढ्न नदिनु र शान्तिपूर्ण समाधान गर्न सहयोग गर्नु संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको पनि दायित्व रहेको उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.