logo

उत्तर कोरियाद्वारा गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएन

      4/29/2017 गते 00 00 मा प्रकाशित     1715   पटक पढिएको

सोल, १६ वैशाख । अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताउनुभएको केही समयपछि उत्तर कोरियाले पुनःएउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । तर उक्त परिक्षण सफल भने हुन सकेन् ।


दक्षिण कोरिया र अमेरिकी अधिकारका अनुसार उक्त क्षेप्यास्त्र उडेको केही समयपछि नै विस्फोट भएको थियो । यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो । प्योङयाङबाट उत्तरमा पर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समयानुसार शनिबार बिहान ०५ः३० मा गरेको यो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो ।


दक्षिण कोरियाली सैनिक स्रोतका अनुसार क्षेप्यास्त्रका प्रकृतिलगायत विस्तृत विवरण अझै पनि अनुसन्धारत नै रहेको छ । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिनुभएको थियो । कुटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पले बताउनुभएको थियो ।


यसअघि नै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अर्को परमाणु परीक्षण गरेमा उत्तर कोरियालाई चीनले प्रतिबन्ध लगाउने चेतावनी दिएको बताउनुभएको थियो ।


उता उत्तर कोरियाले भने अमेरिकामाथि हमलाको परिकल्पना गर्दै एउटा काल्पनिक भिडियो सार्वजनिक समेत गरेको थियो । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार गर्ने परमाणु परीक्षण कार्यक्रम आफ्ना लागि ठूलो विश्वव्यापी चिन्ताको विषय भएको बताउनुभएको छ ।


चिनियाँ राष्ट्रपति सि जिनपिङलाई एक जना असल व्यक्तिको सङ्ज्ञा दिँदै उहाँले आफ्नो अटेर गर्ने छमेकीलाई दबाब बढाइरहेको पनि ट्रम्पले जानकारी दिनुभएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.