logo

अफगान तालिवानद्वारा आक्रामक आक्रमणको घोषणा

      4/28/2017 गते 00 00 मा प्रकाशित     1859   पटक पढिएको

काबुल, १५ बैशाख । अफगानिस्तानमा शुक्रबार तालिवान आतङ्ककारी समूहले बसन्त क्रृतुको सुरुवातसँग ‘बसन्त क्रृतु आक्रामक’ नामक आक्रमणको घोषणा गरेका छन् ।
 

गत एक हप्ताअगाडि अफगानिस्तानको बाल्ख प्रान्तको मजार ए सरिफ सहरको बाहिरी इलाकामा रहेको एक सैनिक शिवीरमा गरेको भीषण आक्रमणपछि तालिवानले आक्रामक आक्रमणको घोषणा गरेका छन् ।
 

गत शुक्रबार सैनिक पोसाकमा रहेका बन्दुकधकारीहरुले उक्त सैनिक शिवीरमा गरेको आक्रमणमा परी कम्तीमा १३५ जना युवा नयाँ सैनिकको मृत्यु भएको थियो ।
 

यस घटनामा मारिएका आफ्ना आफन्तको अन्तिम संस्कार गरी सकेपछि आफन्त गुमाएर अत्यन्त क्रोधित भएका आफन्तजनले मन्त्री र सेनाप्रमुखको राजीनामाको माग गरेका थिए । जनताको सोही आवाजको कदर गर्दै यहाँका प्रतिरक्षा मन्त्री र उनका सेना प्रमुखले आफ्नो पदबाट सोमबार राजिनामा दिएका थिए ।
 

यस घटनापछि अफगान अधिकारीले कम्तीमा ३५ जना सैनिकलाई पक्राउ गरेका थिए । अफगानिस्तानमा सन् २००१ बाट सुरु भएको तालिवानसँगको युद्धमा सैनिक पोसाकमा र आफ्ना सहकर्मीबाट बारम्बार आक्रमण हुने गरेको छ । यस प्रकार सहकर्मीबाट हुने गरेको आक्रमणमा आफ्नै देशका सहकर्मी अन्तर्राष्ट्रिय सेनामाथि आक्रमण भएको पाइन्छ ।
 

तालिवान सत्ताबाट हटेको १५ वर्ष पछाडि पनि गत शुक्रबार भएको सैनिक शिविरलक्षित यो आक्रमण अत्यन्त भीषण थियो । सैनिकको पोसाक र आत्मघाती भेस्ट लगाएका १० जना बन्दुकधारीले शिविरको मस्जिद र डाइनिङ्ग हलमा फैलिएर रहेका निःसशस्त्र सैनिकमाथि गोली प्रहार गर्न सुरु गरेका थिए ।
 

सन् २०१४ को अन्त्यमा अमेरिकी आवद्ध नेटो सैनिकले अफगानिस्तानमा जारी तालिबानसँगको युद्धमा आफूहरू सो युद्धमा नजाने घोषणा गर्दै प्रायःनेटो सैनिक त्यहाँबाट फर्किएपछि अफगानिस्तानमा सुरक्षाकर्मीमाथिको आतङ्ककारी आक्रमण बढेको बताइन्छ ।
 

अमेरिकी निगरानीकर्ता सिगारका अनुसार सन् २०१६ मा अफगानिस्तानमा छ हजार आठ सय सैनिक र प्रहरी तालिवानले गरेको विभिन्न आक्रमणमा मारिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.