logo

बारा र पर्सामा  थप ६३  जनामा कोरोना सङ्क्रमण पुष्टि

      9/2/2020 गते 00 00 मा प्रकाशित     1350   पटक पढिएको

नारायणी अस्पतालमारहेको प्रयोगशालाले मंगलवारी अवेर राती निकालेको पिसीआर परिक्षण रिपोर्ट अनुसार बारा र पर्सामा गरि  ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

 

बारा जिल्लामा ५० जना र पर्सामा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताउनु भयो । 


४ सय ९० जनाको थ्रोट स्वाब परिक्षण हुदा  पर्साका १३ र बाराका ५० जनामा संक्रमण देखिएको हो । पर्साको बीरगंज महानगरपालिका र बहुदरमाई नगरपालिका ब्यक्तिहरुमा संक्रमण देखा परेको हो । 


वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ विर्तामा दुई जना र वडा नम्बर १२ र १८ मा एक एक जना सङ्क्रमित थपिएका छन् ।

 

त्यसैगरी बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ मा पाँच जना, वडा नम्बर ६ मा दुई जना र वडा नम्बर ५ मा एक जनागरी ८  जना सङ्क्रमित भएका छन् । ठेगना नखुलेका अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका एक व्यक्ति पनि कोरोना पोजेटिभ देखिएको छ डा. चौरसियाले बताउनु भयो  ।


कलैया उपमहानगरपालिकाको वडा नम्बर १ र ७ का पाँचरपाँच जना, वडा नम्बर २३ का तिन जना, वडा नम्बर २ र ४ का छरछ जना, वडा नम्बर ३, ६, ८, ९ र २१ का एकरएक जना, वडा नम्बर ५ का सात जना र वडा नम्बर २० का चार जना सङ्क्रमित भएका छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.