logo

गर्भवती महिला सहित कोरोनाबाट बीरगंजमा दुईको ज्यान गयो

      8/27/2020 गते 00 00 मा प्रकाशित     1158   पटक पढिएको

वीरगञ्जमा एक गर्भवती महिला सहित दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी बारा जिल्लाको महिलाको बिहिबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा जिल्लाको हर्दिया वडा नम्बर ४ की २३ वर्षीय महिला रहेकी छन् । उनि ३३ सप्ताहाकी गर्भवती थिइन ।


उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भदौं ८ गते अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

 

भर्ना पश्चात उनमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि सोहि अस्पतालको पिसिआर प्रयोशालामा उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ भएको थियो ।


कोरोना पुष्टि भएपछि उनलाई नारायणीमै व्यवस्थापना गरिएको आइसोलेसनमा उनको राखेर उपचार सुरु गरिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिनु भयो  ।

 

त्यसैगरि भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षीय पुरुषको  बुधवार साँझ मृत्यु भएको हो । 

उहाँमा निमोनियाको समस्या थियो । उहाँको पिसीआर परिक्षण पाजेटिभ आएपछि कोभिड अस्पतालमा सार्ने तयारी गर्दा उहाँको मृत्यु भएको प्रवक्ता डा. चौरसियाले बताउनु भयो ।  उपचारमा संलग्न चिकित्सकका अनुसार कोभिड संक्रमण पुष्टि भएपछि आफन्तले उहाालाई अस्पतालमै छोडेर गए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.