logo

बारा पर्सामा गरि थप १ सय ३४ मा कोरोना भाइरसको संक्रमण पुष्टि

      8/18/2020 गते 00 00 मा प्रकाशित     1365   पटक पढिएको

त्यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६६ र काठमाडौंस्थित टेकु प्रयोगशालामा गरिएको परिक्षणमा ६८ गरी बारा र पर्साका थप १३४ जना संक्रमित भएका छन् । संक्रमीत मध्य बारका १० जना रहेका छन । 

 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो । सोहि स्वाबहरुको रिपोर्ट आउँदा ६८ जना सङ्क्रमित थपिएका हुन् ।

 

बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणको पछिल्लो रिपोर्ट अनुसार पर्साको बहुदरमाई नगरपालिकामा सबैभन्दा बढी २५ जनामा संक्रमण पुष्टि भएको छ ।

 

साउन ३० गते बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाबको नमूना संकलन गरेर परिक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको बहुदरमाई नगरपालिका कार्यालयले जनाएको छ । बीरगंजमा पत्रकार चिकित्सक सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव  उपरिक्षक मनजीत कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा पर्सामा कार्यरत ५ जना र वडा प्रहरी कार्यालय बिर्ताका २ जना गरि प्रहरी कर्मचारी संक्रमीत भएका छन । 
 नारायणी अस्पतालका एक जना चिकित्सक, एक जना ओपिडीका कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

बारा जिल्लामा भेटिएका सङ्क्रमित मध्ये ५ जना प्रसौनी गाउँपालिकाका रहेका छन् भने, पिलुवाका २ जना, सिम्रौनगढ नगरपालिकाका एक जना र कलैया उपमहानगरपालिकाका एक जना रहेको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा सोमबार राती गरिएको परिक्षणमा ८ वर्षकी बालिकादेखि ७९ वर्षीय वृद्धमा समेत सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा १७ जना महिलापनि रहेका छन् । मंगलबार थपिएका मध्ये २ जनाको नारायणी अस्पतालस्थित आइसीयुमा उपचार चलिरहेको अस्पतालले जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.