logo

मृगौलाको  डायलासिस गराईरहेका चार बिरामी कोरोना जित्न सफल ,दीर्घरोगमाी कोरोना जित्ने आँट बढ्यो

      8/17/2020 गते 00 00 मा प्रकाशित     1538   पटक पढिएको

 

मृगौला फेल (इन्ड स्टेज रिनल डिजीज ) भई हेमोडायलासिस गराइ रहेका ४ जना रोगी कोरोना  भाइरसको संक्रमणलाई परास्त गर्दै अस्पतालको आइसीयुबाट घर फर्किएका छन ।

 

उनीहरुले कोरोनालाई परास्त गरेको घटनाले मध्य तराईमा बिभिन्नखाले दीर्घ रोगका समस्या रहेकाहरुमा पनि कोरोना जित्ने आँट बढेको छ ।

बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका निवासि, ३० वर्षिया  सपना श्रेष्ठ, बारा जिल्ला,निजगढनगरपालिकाका  ५६ बर्षिय नर बाहादुर बि .क. पर्सा जिल्ला पोखिरीयाका ६५ वर्षिया कोशीला देबी र बीरगंज महानगरपालिका वडा नं १० घरिअर्वा निवासी ३५ वर्षिया तारा शर्मा कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर घर फर्किनु भएको होे ।

 

उहाँहरुको उपचारको बिशेष खाले चिन्ता थियो नारायणी अस्पतालका डायालासिस इन्चार्ज डा.निरज सिंहले भन्नु भयो “हाई रिस्क ग्रूपमा पाइएको सफलताले स्वास्थ्यकर्मीहरूको मनोवल  पनि उच्च भएको छ ” ।

 


बि.क र श्रेष्ठ आज बीरगंज हेल्थ केयर कोभिड अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । कोशीला र तारा भने हिजो डिस्चार्ज हुनु भएको हो ।

 

  झन्डै १४ दिन को आस्पताल बसाईपछि गरिएको परिक्षणमा उहाँहरुको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो । मृगौला फेल भएका कोरोना भाइरसको संक्रमणमा परेका बिरामीलाई १४ दिनको उहाँहरुको अस्पताल बसाईमा ३ घण्टाको डायलासिसको सेशन ४ पटक गरिएको डा. सिंहले बताउनु भयो ।

 


उहाँहरु त संक्रमीत नै हुनु भयो हाम्रो पनि ज्यान जोखिममा थियो डा.सिहंले भन्नु भयो दीर्घरोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ यस्तोमा उहाँहरुलाई घर फर्काउन सकिएकोमा सन्तोष समेत मिलेको छ ¨ ।

 


डा. सिंहको नेतृत्वमा अनिल कुमार झा र बीरगंज हेल्थ केयर अस्पतालका अनिल बरईले डायलासिसको चुनौतीपूर्ण कामलाई सफलतापूर्वक फत्ते गर्नु भएको थियो ।

बीरगंज घरिअर्वाकी तारा शर्माको मृगौलाको डायलासिस बीरगंज हेल्थ केयर अस्पतालमै हुन्थ्यो । अस्पतालमा कोभिड १९ का संक्रमीतको उपचार हुने भएपछि उहाँलाई डायलासिसकालागि अन्य अस्पताल जानु पर्ने भयो ।

 

यही क्रममा उहाँ नारायणी बयोधा अस्पताल र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा पुग्नु भयो । दुबै अस्पतालले स्वाबको पीसीआर परिषक्षणको रिपोर्ट भएपछि मात्र डायालासिस गर्ने भन्दै फर्काइदिए । २० गते उहाँले ५ हजार ५ सय रुपैया तिरेर नारायणी अस्पतालमा पुगेर पिसीआर परिक्षणकालागि स्वाब दिनु भयो ।

 

२२ गते रिपोर्ट लिन उहाँका पति अस्पताल के पुग्नु भएको थियो । जिल्ला प्रहरी कार्यालयबाट फोन गयो र कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिइयो । शर्माले भन्नु भयो “ म मा कुनै लक्षण थिएन डायलासिस पनि गर्नु पर्ने भएकोले प्रहरीको सल्लाह अनुसार बीरगंज हेल्थ केयर भर्ना भए ।

 

भर्ना अवधीमा तीन पटक डायलासीस भएको  उहाँले बताउनु भयो ।  दीर्गरोगीमा कोरोना जित्ने क्षमता हुदैन भन्ने कुराले आफूमा कुनै पनि घर गर्न नपाएको शर्मा बताउनु हुन्छ ।

 


मृगौला फेल भएर डायलासीसको सेवा लिइरहेका बिरामीहरुले कोरोनालाई जितेर घर फर्किएको यो घटनाले मध्य तराईमा निकै नै सकारात्मक सन्देश प्रवाह गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.