logo

चिकित्सक सहित ५३ जनामा कोरोना संक्रमणको पुष्टि

      7/30/2020 गते 00 00 मा प्रकाशित     1292   पटक पढिएको

नारायणी अस्पतालमा रहेको प्रयोगशालामा भएको पछिल्लो परिक्षणबाट ५३ जना संक्रमीत भएको बुधवार राती आएको रिपोर्टले पुष्टि गरेको छ । 

 नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् ।

वीरगञ्जस्थित आर्मी क्याम्पका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि  गत मंगलवार आएको रिपोर्टमा नेपाली सेनाका १ जना जवानमा संक्रमण देखिएको थियो ।


११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको डा.निरज सिंहले बताउनु भयो ।

 अस्पतालका चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका तथा भिडभाडमा विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो ।

त्यसैगरी वीरगञ्जको श्रीसिया, वीरगञ्ज–१२ मुर्ली , वीरगञ्ज– ५ रेशमकोठी,   वीरगञ्ज–८ पानीट्याङकी  वीरगञ्ज–१ छपकैयाका  वीरगञ्ज– १० घडिअर्वा  वीरगञ्ज–२ छपकैया वीरगञ्ज–१३ राधेमाई , वीरगञ्ज–२३ प्रसौनीविर्ता , वीरगञ्ज–४ विर्ता  वीरगञ्ज– ३ छपकैया वीरगञ्ज–१५ ब्यक्तिहरुमा कोरोना संक्रमण देखिएका हो  ।

त्यस्तै वीरगञ्ज–१२ जिल्ला प्रहरी कार्यालय अगाडी , छिपहरमाई–२ टिहुकी  जगरनाथपुरका ,पटेर्वासुगौली गाउँपालिका ५ का पनि संक्रमीत हुनेमा परेका छन । 

बाराको जीतपुर हेल्थ पोष्टमा कार्यरत २ स्वास्थ्यकर्मी र बाराको कलैया १ का एक जनामा पनि कोरोना भाइरसको संक्रमण  पुष्टि भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.