logo

थप १५ जना संक्रमीत,अस्पताल अभाव, घरमै आइसोलेटेड,कार्यविधिको पालना भएन 

      7/28/2020 गते 00 00 मा प्रकाशित     1299   पटक पढिएको

पछिल्लो पटक पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

 

२ जना चिकित्सकसहित अधिकांश संक्रमित वीरगञ्जका छन् । केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिएको छ । वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

उनी आफ्नै बुवाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यस्तै श्रीपुरकै ४५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।  वीरगञ्ज–४ विर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सकमा समेत कोरोना देखिएको छ । नारायणी अस्पतालमा कार्यरत उनलाई ५ दिनदेखि ज्वरो आइरहेको थियो । नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय अर्का कर्मचारीलाई पनि कोरोना देखिएको छ ।

 

आइसोलेसन बेडको अभावमा यसअघि नै पर्सामा ४२ जना संक्रमितलाई आइसोलेसनमा ल्याउन नसकेको अवस्था छ । उनीहरु घरमै आइसोलेटेड छन् तर होम आइसोलेसन सम्बन्धी कार्यविधि पालना भएरनभएको कसैले पनि अनुगमन गरेका छैनन् । ज्वरो र खोकी लागेपछि शंका लागेर उनीहरुले पीसीआर परीक्षण गराएका थिए ।

 

पेड पीसीआर गराएका वीरगञ्ज–७ लोहरपट्टीका ५५ वर्षीया, वीरगञ्ज–१३ रानीघाटका ३४ वर्षीय, वीरगञ्ज–७ रामटोलका ३३ वर्षीय र वीरगञ्ज–१३ राधेमाईका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको नारायणी ल्याब स्रोतले जनाएको छ । जगदम्बा इन्टर प्राइजेजमा कार्यरत ४८ वर्षीय, ५६ वर्षीय र २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयुमा कक्षमा छन् । जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका २३ वर्षीय र बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

 

भारतको बैंगलोरबाट आएका वीरगञ्ज–२३ सबैठवाका २६ वर्षीय पुरुष र ईलाम घर भई पर्साको ठोरीस्थित सरस्वती मावि क्वारेन्टिनमा बस्दै आएका ५६ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । उनी पनि भारतबाट आएका व्यक्ति हुन् । वीरगञ्जको कोरोना अस्पतालमा १० जना महिलासहित ५७ जना संक्रमितको उपचार भइरहेको छ ।

 

जसमध्ये चार जना आईसीयुमा छन् । आइसोलेसन बेडको अभावमा यसअघि नै पर्सामा ४२ जना संक्रमितलाई आइसोलेसनमा ल्याउन नसकेको अवस्था छ । कतिपयलाई क्वारेन्टिनमै छुट्टै राखिएको छ भने कतिपय घरमै आइसोलेटेड छन् । तर होम आइसोलेसन सम्बन्धी कार्यविधिको पालना भए नभएको कसैले पनि अनुगमन गरेका छैनन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.