logo

श्री भवानी हस्पिटल बीरगंजद्वारा कोभिड महामारी बिरुद्धका योद्दाहरु  सम्मानीत 

 इसीमाना सम्वाददाता     २०७८ सावन ३१ गते ११: ०२ मा प्रकाशित     1293   पटक पढिएको

वीरगन्जको भवानी हस्पिटल एण्ड रिसर्च सेण्टरले कोरोना महामारीमा अस्पतालमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु तथा स्वास्थ्य समाग्री आपूर्तिकर्ताहरुलाई सम्मान गरेको छ ।

 

कोरोना महामारीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई होटल भिस्वामा आयोजित भव्य कार्यक्रममा “कोभिड महामारी योद्दा”को रुपमा सम्मान गरिएको हो  ।

 

कोरोना संक्रमणको महामारीमा पनि आफ्नो ज्यानको प्रवाह नगरि निरन्तर कोभिड संक्रमितको उपचारमा खटिएका तथा अन्य बिरामीको उपचारमा खटिएका डाक्टर, नर्स, पारामेडिकल तथा कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने र कार्यक्रमका सभापति एवं हस्पिटलका प्रवन्ध निर्देशक रामराज श्रेष्ठले सम्मान गर्नुभएको हो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछानेले भवानी अस्पतालले कोरोना महामारीमा खटिएका अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सम्मान गरेर मनोबल उच्च बनाएको बताउनुभयो ।

 

उहाँले हस्पिटलको सम्मानपछि डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुमा देखिएको उत्साह र मनोबलले तेश्रो भेरियण्ट आएपनि सहजै परास्त गर्न सकिने उर्जा थपिएको बताउनुभयो ।

 

कार्यक्रमका सभापति एवंं हस्पिटलका प्रवन्ध निर्देशक रामराज श्रेष्ठले कोरोना संक्रमणको महामारीमा पनि ज्यान जोखिममा राखेर अत्यन्त सक्रिय भई बिरामीहरुको उपचारमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनका लागि सम्मान गरिएको बताउनुभयो ।

 

कार्यक्रममा मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर भरत गोईत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका प्रदेश २ इन्चार्ज निरज पिठाकोटे मगर, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्की, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, डाक्टर अफरोज हुसैन, मधु अक्सिजनका संचालक रामबाबु रौनियार लगायतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख सुनिल गुप्ताले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

नगवास्थित जय हिमाल मिठाई भण्डारलाई २५ हजार जरिवाना

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवा सेकेन्ड बाइपास रोडस्थित जय हिमाल मिठाई भण्डारमा अनुगमनका क्रममा खाद्य स्वच्छतासम्बन्धी लापरवाही भेटिएपछि  २५ हजार जरिवाना गरिएको छ।

सर्लाहीमा छुट्टा छुट्टै  दुर्घटनामा दुईजनाको ज्यान गयो

मलंगवा । सर्लाहीकोे बिभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।  मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.