logo

बीरगंजका पाँच वडामा निशुल्क स्वास्थ्य शिविर 

      5/3/2017 गते 00 00 मा प्रकाशित     1360   पटक पढिएको

बीरगंज २० बैशाख ।
बीरगंज उपमहानगरपालिका कार्यालयले उपमहानगरको पाँच वटा वडामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बीरगंज उपमहानगरपालिकाको साविकको वडा नं १५ मुर्लीमा निमित्त  कार्याकारी आधिकृत प्रकाशमान अमात्यले शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बीरगंज उपमहानगरपालिकाका अधिकृत सुनिल कर्ण लगायतको सहभागिता रहेको थियो । समाज बिकास समन्वय समितिको ब्यवस्थापनमा आयोजना गरिएको शिविरमा साविकको वडा नं १४ मा ६८ जना १५ मा ७६ जना १९ मा ८५ जना २६ मा १ सय ७० जना र २७ मा ९१ जनाको स्वास्थ्य परिक्षण भएको समाजिक बिकास महाशाखाका मुकेश गुप्ताले जानकारी दिनु भयो । स्वास्थ्य परिक्षणकालागि हरेक वडामा एक जना चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको थियो । शिविरमा डा.निलम चौरसिया,सलमा बानो,चाँदनी पाण्डे जिन्नत नेशा र डा. नागमणीले बिरामीहरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । शिविरमा स्वास्थ्य परिक्षण पछि निशुल्क रुपमा औषधी पनि बितरण गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.