logo

वीरगंज उधोग बाणिज्य संघ र रास्वपाद्वारा पर्साका चार साँसदहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०८२ चैत ९ गते ०८: ०३ मा प्रकाशित     316   पटक पढिएको

वीरगंज  । वीरगंज उद्योग वाणिज्य संघले पर्सा जिल्लाबाट नवनिर्वाचित चारजना प्रतिनिधिसभा सदस्यहरूलाई सोमवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।


पर्सा निर्वाचन क्षेत्र– १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य  हरि पन्त, क्षेत्र नं. २ बाट निर्वाचित सुशील कुमार कानु, क्षेत्र नं.३ बाट निर्वाचित रामाकान्त चौरसिया र क्षेत्र नं. ४ बाट निर्वाचित टेक बहादुर शाक्यलाई वीउवा संघका अध्यक्ष हरी गौतमले सम्मान गरेका हुन् ।

May be an image of one or more people, dais and text

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट विजयी सांसदहरूले पर्साका चारै क्षेत्रमा उल्लेख्य मत दिएर जनताले विजयी गराएकोमा जनमतको कदर गर्ने बताए । जिल्लामा नयाँ राजनीतिक सन्तुलनलाई कायम गर्ने बताए ।


प्रतिनिधिसभा सदस्यको रूपमा यहाँसम्म आइपुग्न उद्योगी, व्यवसायी तथा सम्पूर्ण जनसमुदायबाट प्राप्त साथ, सहयोग र विश्वासप्रति साँसदहरुले कृतज्ञता ब्यक्त गरेका छन  ।

 

 सम्मानले आफूहरुको जिम्मेवारी अझ बढाएको महसुस गरेको साँसद सुशिल कुमार साहले बताए। आगामी दिनहरूमा पर्साको आर्थिक समृद्धि, औद्योगिक विकास तथा जनताको अपेक्षा पूरा गर्न निरन्तर समर्पित रहने प्रतिबद्धता साँसदहरुले ब्यक्त गरेका छन ।


नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष एवं कार्यसमिति सदस्य अशोक टेमानी लगायत संघका पदाधिकारीहरूले नवनिर्वाचित सांसदहरूसँग समन्वय गर्दै पर्साको आर्थिक विकास, व्यापार प्रवद्र्धन तथा उद्योग क्षेत्रका विभिन्न समस्याहरू समाधानका लागि सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन।


 
निजी क्षेत्र र सरकारबीचको सहकार्यले जिल्लाको समग्र आर्थिक गतिविधिलाई थप गतिशील बनाउने विश्वास सहभागीहरुले जोड दिएका थिए । 

 

आजै राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले चारै जना साँसदहरुलाई एक कार्यक्रमकावीच सम्मान गरेको छ । वीरगंजको क्लासिक ब्यक्वेटमा आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको पार्टीका जिल्ला उपाध्यक्ष तुलसा अधिकारीले जानकारी दिइन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.