logo

हरिखेतानमा खेतान परिवारको दादागिरी भन्दै आक्रोश ब्यक्त, तत्काल परिक्षा, कक्षा संचालन, तथा घाइतेको उपचार गर्न क्याम्पसन प्रशासनलाई निर्देशन

 इसीमाना सम्बाददाता     २०८२ चैत ८ गते ०७: ०४ मा प्रकाशित     390   पटक पढिएको

वीरगंज । वीरगंजमा रहेको सामुदायिक क्याम्पस हरिखेतान बहुमुखी क्याम्पसले हठात स्थगीत गरेको परिक्षा तत्काल संचालन गर्ने निर्णय भएको छ । 


पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका संयोजनमा भएको बैठकले यस्तो निर्णय गरेको हो । बिद्यालय प्रशासनले स्थगीत गरेको परिक्षा पठन पाठन कार्यक्रम तत्काल संचालन गर्ने सहमती भएको उनले इसीमाना.कम लाई बताए ।

May be an image of text

त्यसैगरि परिक्षा स्थगनको बिरुद्ध प्रर्दशनमा उत्रिएका बिद्यार्थीहरुमा गरिएको लाठि चार्ज सहितको दमनका कारण घाइते भएका बिद्यार्थीको उपचार क्याम्पस प्रशासनले गर्ने सहमती भएको प्रजिअ दाहालले बताए । 


वीरगंजको सामुदायिक क्याम्पस हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको समग्र समस्याको हल निकाल्नकालागि चैत ९ गते क्याम्पस प्रशासन , बिद्यार्थीका प्रतिनिधि र स्थानीय प्रशासन सहितको बैठकमा छलफल गरि निकास खोज्ने सहमती भएको छ ।

 

त्यही बैठकले क्याम्पसमा देखिएका समस्या र बिद्यार्थीका जायज माँगहरुका सन्दर्भमा  निकास खोज्ने काम हुने उनले बताए ।

 

प्रशासनको तर्फबाट बिदार्थीको भविष्यमाथि खेलवाड हुन नदिन सचेतता अपनाईएको प्रशासनले यो बिषयलाई गमिभरता पूर्वक लिएको प्रजिअ दाहालले बताए ।

 

यसैवीच प्रध्यापक सुशिल भट्टराईले  सामाजिक संजाल फेसबुक मार्फत हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको समस्या समाधानकालागि  वीरगञ्जका सम्पूर्ण चेतनशिल वर्गलाई एकठाउँमा उभिन अपिल गरेका छन ।

 

उनले ब्यवस्थापन समितिको नाममा क्याम्समा खेतान परिवारको दादागिरी चल्दै आइरहेको प्रति आक्रोश ब्यक्त गरेका छन ।

 

 संचालक समितिमा खेतान परिवारको एकल सहभागिता नै आजको समस्याको सत्रुधार भएको उनले निष्कर्ष निकालेका छन ।

 

आजकै घटनामा पनि ब्यवस्थापन पक्षका भनिएका प्रकाश खेतानको भूमिका समेत गुणडको जस्तो देखिएको उनको टिप्पणी छ ।

 

ग्रिासिटीको अध्यक्ष समेत रहेका खेतान शक्तिको सम्पर्कमा रहेको कारण बिदार्थीको शक्तिलाई नजरअन्दाज गरेको  आफूले महशुस गरेको भन्दै भट्टराईले खेतानलाई बिद्यार्थीको भविष्यसंग खेलवाड नगरिदिन अपिल समेत  गरेका छन । 

 


क्याम्पसको बरोमा चिन्ता जाहेर गर्दै वीरगंका सामाजिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका अन्य बुद्धिजीवीहरुले पनि चासो र चिन्ता ब्यक्त गरेका छन ।

 

 पत्रकार जगत राईले पनि फेसबुकमा स्टाटस लेख्दै हरि खेतान बहुमुखी क्याम्पसमा सामुदायिक भएपनि अहिले निजी क्याम्पस जस्तै हुकुमत चलिरहेको छ भने असन्तोष ब्यक्त गरेका छन ।

 

पत्रकार ध्रुव साहले पनि फेसबुकमा हाम्रो हरी खेतान लाइ कस्ले बचाउने भनेर गम्भिर  चिन्ता ब्यक्त गरेका छन । 

 

क्याम्पस प्रशासनले कक्षा ११ र १२ को परीक्षा आइतबारदेखि सञ्चालन हुने तालिका सार्वजनिक गरेको भए पनि बिहानै परीक्षा दिन पुगेका विद्यार्थीलाई मूल गेटमै रोकिएको थियो। आन्दोलनरत शिक्षकहरूले परीक्षा स्थगित गरिएको जनाउँदै विद्यार्थीलाई भित्र प्रवेश गर्न नदिएपछि स्थिति तनावपूर्ण बनेको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.