logo

वीरगंज बिस्तार बिरुद्धको रिट खारेज, आधुनिक वीरगंज निर्माणको बाटो खुल्यो

 इसीमाना सम्वाददाता     २०८२ फागुन २४ गते ०५: ०० मा प्रकाशित     548   पटक पढिएको

वीरगञ्ज । सर्वोच्च अदालतले त्रिभुवन राजपथको गण्डक देखी भन्सार सम्मको सडक बिस्तार बिरुद्धको  रिट निवेदन पूर्ण रूपमा खारेज गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ ।

 

सर्वोच्चको फैसलासँगै सडक विभागलाई विस्तार कार्य अगाडि बढाउन बाटो खुलेको छ ।

 

अदालतले मुख्य सडकका जग्गाधनीहरूको सम्पत्ति हक र क्षतिपूर्ति मागलाई अस्वीकार गर्दै लामो समयदेखि विवादित रहेको सडक विस्तारको मुद्दालाई निकास दिएको छ ।

 

गत वर्ष फागुन २८ गते न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले सुनाएको फैसलाको पूर्ण पाठ आइतबार मात्र सार्वजनिक भएको हो ।

 

 फैसलाले सडक विस्तारलाई कानुनसम्मत ठहराउँदै सडक दाया बायाका बासिन्दाको दाबीलाई खारेज गरेको छ ।


पूर्ण पाठ सार्वजनिक भएसँगै त्रिभुवन राजपथको वीरगञ्ज खण्डमा सडक विस्तारको काम बिना अवरोध हुने छ ।

 

 काठमाडौँलाई भारतीय सीमासँग जोड्ने सबैभन्दा नजिकको  राजमार्ग भएकोले पनि त्रिभूवन राजपथ नेपालको  ट्रेड  ट्रान्जिटकोलागि महत्वपूर्ण राजमार्गको रुपमा रहेको छ ।

 

त्यो भन्दा पनि आर्थिक राजधानीको रुपमा रहेको वीरगंजलाई आधुनिक वीरग.ज बनाउन सडक बिस्तारको अहम भूमिका रहने पूर्वाधार बिज्ञह्रुको राय छ ।  

पैसलाको पूर्ण पाठ

whatsapp-image-2026-03-08-at-120822-pm-imageonlineco-merged.jpg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.