logo

बाराको क्षेत्र नं ३ मा नाम सिफारिशकालागि एमालेमा मतदान ज्वाला साहलाई जम्मा ४ मत

 इसीमाना सम्बाददाता     २०८२ पौष १९ गते ०६: ३८ मा प्रकाशित     151   पटक पढिएको

कलैया । नेकपा एमालेको बारा जिल्लाको क्षेत्र नं ३ बाट फाल्गुण २१ गते हुने चुनावकालागि उम्मेदवारको नाम सिफारिश गरेको छ ।

 

शनिवार भएको बैठकले ३ जनाको नाम उम्मेदवारको रुपमा नाम सिफारिश गरेको हो । बैठकले आन्तरिक निर्वाचनको माध्यमले उम्मेदवारको नाम सिफारिश गरेको हो ।

 

आन्तरिक चुनावमा अध्यानन्द पाण्डे ४६,एम.समिउल्लाह ३७ र सिमा ठकुरी ३६ मत प्राप्त गरेकोले उनीहरुको नाम  सिफारिश भएको हो ।

 

पार्टीका केन्द्रीय सदस्य पूर्व मन्त्री ज्वाला साहले जम्मा ४ मत प्राप्त गरेकोले उनको नाम सिफारिशमा पर्न सकेन । तीन जनाको नाम सिफारिश गर्नु पर्ने भएकोले सर्वसम्मत रुपमा नाम सिफारिश गर्न प्रयास भएपनि सर्वसम्मत नभएपछि आन्तरिक चुनाव भएको हो ।

 

चुनाव नगर्नकालागि पहल गर्दा पनि चुनाव गराई छाडने अवस्था देखेपछि ज्वाला साह सहित उनको सर्मथकहरु बैठकबाट बाहिरिएका थिए ।

 

त्यो प्रक्रियामा ज्वाला साह र उनको सर्मथकहरुको सहभागिता नरहेको एक नेताले जानकारी दिए । आन्तरिक चुनावमा ४६ जनाको सहभागिता रहेको एक एमाले नेताले जानकारी दिए । 

 

ज्वाला साहले प्राप्त गरेको  मतको परिणामलाई राजनीतिक क्षमता, योगदान वा पार्टीभित्रको स्वीकार्यतासँग सीधै जोडेर हेरिएको छ ।

 

तर राजनीतिक बिश्लेषकले यो घटनाका माधारमा मात्रै त्यसरी हेर्न नहुने मत राखेका छन । यो परिणामले ज्वाला सहकालागि तीन सन्देश दिएको छ ।

 

स्थानीय तहमा संगठनात्मक संवाद थप सुदृढ गर्नुपर्ने आवश्यकता छ । त्यसैगरि केन्द्रीय भूमिकासँगै क्षेत्रीय उपस्थितिलाई पुनः सक्रिय बनाउन आवश्यक छ  । र आगामी दिनमा पार्टीको रणनीतिक भूमिकामा अझ प्रभावकारी योगदान गर्ने आधार निर्माण गर्न आवशयक छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.