logo

असारको अन्तिम सम्म बि.पी.उद्यानको आमुल परिर्वतन हुने छः महानगरप्रमुख सिंह

 इसीमाना सम्वाददाता     २०८२ पौष १८ गते ०५: ४९ मा प्रकाशित     103   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगंजको मुटु घण्टाघरको उत्तरमा रहेको बि.पी.उद्यानमा निर्माण कार्य शुरु गरेको छ । उद्यानमा तरकारी बजार हटाए पछि निर्माण कार्यलाई तिब्रता दिइएको महानगरले जनाएको छ । 

 

हाल उद्यान क्षेत्रमा व्यापक सफाइ अभियान सञ्चालन भइरहेको छ भने माटो पुर्ने कार्य पनि तीव्र रूपमा अगाडि बढिरहेको छ। 

 

महानगर प्रमुख सिंहलेले चालु आर्थिक वर्षभित्र बीपी उद्यानलाई हरियालीयुक्त, व्यवस्थित र आकर्षक पार्कको रूपमा विकास गरिसक्ने लक्ष्य रहेको जानकारी गराए।

 

साथै, उद्यान नजिकै वीरगञ्जको ऐतिहासिक पहिचान झल्काउने रेल्वे संग्रहालय निर्माण गर्ने तयारीसमेत महानगरपालिकाले अघि बढाएको जनाइएको छ। आउने असार मसान्त भित्रमा उद्यानको स्वरुपमा आमुल परिर्वतन ल्याइने बताए । 

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार चालु आर्थिक वर्षमा उद्यान क्षेत्रको माटो पुर्ने तथा वृक्षारोपण कार्यका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

 

उद्यान निर्माण सम्पन्न भएपछि उक्त क्षेत्र नगरवासीहरूका लागि स्वच्छ वातावरणमा मनोरञ्जन र विश्राम गर्न सकिने प्रमुख सार्वजनिक स्थलका रूपमा विकसित हुने अपेक्षा गरिएको छ। कर्णले बि.पी.उद्यानलाई अन्तराष्ट्रिय स्तरको पार्ककको रुपमा बिकास गरिने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.