logo

मधेस सरकारमा पर्साको बलियो उपस्थिति,पटेल र चौधरी बने  मन्त्री

 इसीमाना सम्वाददाता     २०८२ पौष १६ गते ०१: ५९ मा प्रकाशित     93   पटक पढिएको

वीरगंज  । मधेस प्रदेश सरकारमा पर्सा जिल्लाको राजनीतिक उपस्थिति थप सशक्त बनेको छ। मन्त्रिपरिषद् विस्तारसँगै पर्साबाट निर्वाचित दुई प्रदेशसभा सदस्य मन्त्रीमा नियुक्त भएपछि पर्सावासीका लागि यो निर्णय विशेष चासो र महत्वको विषय बनेको छ।

 

६ दलको समर्थनमा  सरकार बनेको करिब एक महिनापछि गरिएको मन्त्रिपरिषद् विस्तारमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित श्याम पटेल र पर्सा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित शंकर चौधरी मन्त्रीमा समेटिएका हुन्।

 

नियुक्तिसँगै श्याम पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। यो मन्त्रालय पर्सा जस्तो कृषिमा आधारित जिल्लाका लागि प्रत्यक्ष रूपमा सरोकार राख्ने भएकाले स्थानीय किसान, सहकारी र भूमिहीन समुदायले ठूलो अपेक्षा राखेका छन्।

 

यस्तै शंकर चौधरीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। वन, नदी, वातावरणीय संरक्षण र जलवायु प्रभावजस्ता विषय पर्साका लागि संवेदनशील रहेकाले यस मन्त्रालयको नेतृत्व पर्साकै सांसदले गर्नु जिल्लाका लागि महत्वपूर्ण मानिएको छ।

 

स्थानीय राजनीतिक वृत्तमा पर्साबाट दुई मन्त्री बन्नुले प्रदेश सरकारको नीति तथा बजेटमा पर्साको आवाज बलियो हुने अपेक्षा गरिएको छ। पूर्व–पश्चिम राजमार्ग, औद्योगिक क्षेत्र, कृषि आधुनिकीकरण र वातावरणीय व्यवस्थापनजस्ता विषयमा पर्साले प्रत्यक्ष लाभ लिन सक्ने विश्लेषकहरूको भनाइ छ।

 

मन्त्रिपरिषद् विस्तारसँगै  पर्सावासीका लागि भने यो विस्तार जिल्लाको राजनीतिक पहुँच बढेको संकेत का रूपमा हेरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.