logo

मिडिया गोष्ठीमा सोनलको धारणाः पत्रकारको सुरक्षा, पेशागत ग्यारेन्टीसम्मको जिम्मेवारी राज्यले लिनुपर्छ

 इसीमाना सम्वाददाता     २०८२ पौष ९ गते ०७: ३४ मा प्रकाशित     436   पटक पढिएको

कलैया। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले समाज परिवर्तनका लागि खोजमूलक पत्रकारिताको आवश्यकता अझ बढ्दै गएको बताएका छन्।

 

बाराको कलैयामा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आज आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठीमा बोल्दै पूर्वमुख्यमन्त्री सोनलले खोज पत्रकारिताले समाजलाई प्रत्यक्ष फाइदा पुर्‍याउने उल्लेख गर्दै त्यस्तो पत्रकारिता गर्ने सञ्चारकर्मीलाई आफ्नो पूर्ण समर्थन रहने बताए।

 

उनले हाल मधेस प्रदेशमा खोज पत्रकारितासँगै बिट पत्रकारिताको पनि उत्तिकै आवश्यकता रहेको बताउँदै खोज तथा बिट पत्रकारिता गर्ने पत्रकारलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए।

 

“व्यवसायिक पत्रकारिता गर्ने पत्रकारको सुरक्षादेखि पेशागत ग्यारेन्टीसम्मको जिम्मेवारी राज्यले लिनुपर्छ,” सोनलले भने।

 

फरक प्रसंगमा उनले आगामी २१ फागुनमा तोकिएको निर्वाचन समयमै सम्पन्न गरिनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे। “चुनाव निर्धारित समयमा सम्पन्न भए देश सही ट्र्याकमा अघि बढ्नेछ,” उनले बताए।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक के.सी .लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव, सदस्यहरू रिन्कु मिश्रा, मन्नु पासवान, वन्दना झालगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र बाराका सचिव पुष्पराज खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.