logo

राप्रपाद्वारा पर्साका चारै क्षेत्रमा उम्मेदवार सिफारिस, श्रीमान् प्रत्यक्षमा श्रीमती समानुपातिक

 इसीमाना सम्बाददाता     २०८२ पौष ९ गते ०७: ४२ मा प्रकाशित     475   पटक पढिएको

वीरगंज। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पर्साका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ।

 

राप्रपाको क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो। सिफारिस सूचीमा वरिष्ठ कलाकार नन्दु श्रीवास्तव र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र मुख्य आकर्षणका रूपमा देखिएका छन्।

 

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट कलाकार नन्दु श्रीवास्तवसहित निवर्तमान सांसद विना जैसवाल, शान्ति खड्का, किरणमान डंगोल र विपिन चौरसियाको नाम सिफारिस गरिएको छ।

 

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट पनि कलाकार श्रीवास्तवको नाम सिफारिस भएको छ। उक्त क्षेत्रबाट उनीसँगै विना जैसवाल र अवधकिशोर प्रसादको नाम केन्द्रमा पठाइएको पार्टीले जनाएको छ।

 

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रसहित सात जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुने अन्य नेताहरूमा अंगद ठाकुर, नगिना यादव, नरेन्द्रप्रसाद चौरसिया, सुजित त्रिपाठी, चन्द्रिका सहनी र दिपेश साह रहेका छन्।

 

यस्तै, समानुपातिकतर्फ मधेसी महिला कोटामा पर्सा क्षेत्र नम्बर ३ बाट प्रियन्का यादवको नाम एकल रूपमा सिफारिस गरिएको छ। शिक्षा शास्त्रमा एम.एड. उत्तीर्ण यादव राप्रपाकी सक्रिय सदस्यसमेत हुन्।

 

पार्टी स्रोतका अनुसार उनको शैक्षिक योग्यता तथा राजनीतिक–सामाजिक सक्रियतालाई आधार मानेर एकल सिफारिस गरिएको हो।

 

उनका श्रीमान् नगिना यादव विद्यार्थी जीवनदेखि नै राप्रपाको राजनीतिमा सक्रिय रहँदै आएका छन्। राजनीतिक यात्राका क्रममा विभिन्न कठिनाइ, जालझेल तथा पटक–पटक प्रहरी हिरासतको सामना गर्नुपरे पनि उनी हिन्दुत्व र राजसंस्थाको एजेन्डामा अडिग रहँदै निरन्तर पार्टीमै सक्रिय रहँदै आएको पार्टी स्रोतले जनाएको छ।उनको नाम पार्टीले पर्साको क्षेत्र नं ३ को प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिश गरेको छ ।

 

प्रियन्का यादवले पार्टीका राष्ट्रिय अध्यक्षले अघि सारेको ‘नयाँलाई अवसर दिनुपर्छ’ भन्ने अवधारणालाई आत्मसात गर्दै आफूले समानुपातिकतर्फ उम्मेदवारी दिएको बताएकी छन्।

 

उनले महिलाको प्रतिनिधित्व र नयाँ नेतृत्व विकासलाई प्राथमिकता दिएकोप्रति पार्टीप्रति सकारात्मक धारणा व्यक्त गरेकी छन्।

 

उता, पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट भने शान्तकुमार जोशीको नाम एकल रूपमा सिफारिस गरिएको राप्रपाले जनाएको छ।

 

राजनीतिकर्मीका साथै कलाकार र बौद्धिक व्यक्तित्वहरूलाई चुनावी मैदानमा उतार्ने राप्रपाको तयारीसँगै पर्सामा चुनावी सरगर्मी बढेको छ। अब केन्द्रले सिफारिस भएका नामहरूमध्येबाट अन्तिम उम्मेदवारको टुंगो लगाउनेछ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.