logo

पर्सेली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका प्रखर नेता गिरी नेकपा एमाले परित्याग गरि नेकपामा प्रवेश

 इसीमाना सम्वाददाता     २०८२ पौष ७ गते ०५: २९ मा प्रकाशित     477   पटक पढिएको

वीरगञ्ज । पर्साका एमाले नेता प्रल्हाद गिरी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन्।

 

पूर्व प्रदेशसभा सदस्यसमेत रहेका गिरीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन्।

 

 एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका गिरीलाई प्रचण्ड र नेपालले पार्टीमा स्वागत गरेका थिए।

 

गिरी एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका थिए। तर निर्वाचनमा पराजित भएपछि उनी पार्टीभित्र असन्तुष्ट देखिएका थिए।

 

पार्टीको संस्थापन पक्षबाट अपेक्षित सहयोग नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका उनले अन्ततः एमाले छाड्ने निर्णय गरेका हुन्।उनी नेकपा एमालेमा बैचारिक धरातल कमजोर भएको निष्कर्षमा समेत पुगेका थिए ।

 

पार्टी भित्र गैर कम्युनिष्ट चरित्र र कार्यशैली हावी भएको भन्दै बिचारधारात्मक आन्दोलनको पक्षमा आवाज उठाउदै आइरहेका थिए ।

 

पर्सेली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका प्रख्यात नेता गिरीको नेकपा प्रवेश बिचारधारत्मक मात्र होइन भावनात्मक रुपमा पनि सुखद रहेको  उनको भनाई छ । उनी आफना कमरेडहरु भएको पार्टीमा पुगेका छन  ।

 

नेकपामा प्रवेशपछि गिरीले पार्टीको नीति, विचार र कार्यक्रमप्रति सहमत हुँदै सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

पार्टी प्रवेश गर्नेहरूमा  मधेश प्रदेशसभाका पूर्व सदस्य डा. अन्जु यादव, विन्ध्यवासिनी गाउँपालिकाका पूर्व प्रमुख श्रीलाल साह कानु, वर्तमान उपाध्यक्ष ज्योति चौरसिया, नेता लक्ष्मण चौरसिया, हनिफ अन्सारी (पूर्व वडा अध्यक्ष) तथा राजकुमार गुप्ता (सांसद प्रतिनिधि) रहेका छन्।

 


यसैगरी, विन्ध्यवासिनीका पूर्व वडा अध्यक्ष संजय चौहान, राप्रपा प्रदेश सदस्य चिन्टु तिवारी, एमाले महाधिवेशन प्रतिनिधि उत्तम तिवारी, वडा अध्यक्ष प्रत्याशी अच्चेलाल मुखिया, बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी विपिन यादव, पूर्व वडा अध्यक्ष रामरेखा सिंह, वडा अध्यक्ष विरेन्द्र यादव (वडा नं. ७), राधा बैठा, मिना देवी बैठा, पोखरिया नगरपालिकाका उपमेयर प्रत्याशी उपेन्द्र ठाकुर, लगायत रहेका छन्।

नेकपाका शीर्ष नेताहरूले अनुभवी नेताको प्रवेशले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.