logo

स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार यादव र केशरीलाई

      1/26/2021 गते 00 00 मा प्रकाशित     804   पटक पढिएको

स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट बीरगंजका बरिष्ठ पत्रकार गया यादव र गोरखापत्रका सम्वाददाता कन्हैयालाल केशरी पुरस्कृत हुने भएका  छन । गत वर्ष र यस वर्षको पुरस्कार एकै पटक दिने गरि यस्तो निर्णय भएको हो ।

 

नेपाल पत्रकार महासंघको आज पोखरियामा सम्पन्न बैठकले पत्रकारद्वयलाई पुरस्कृत गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ पर्साका शाखाका अध्यक्ष श्याम बन्जाराले आफनो सामाजिक संजाल फेसबुक मार्फत सार्वजनीक गर्नु भएको छ । 


यस अघि स्व. गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट मुकुन्द अचार्य, के.सी.लामिछाने,ओमप्रकाश खनाल , शितल महतो, महेशचन्द्र गौतम, राजु श्रेष्ठ, श्याम बन्जारा, ध्रुब साह बिम्मी शर्मा, लगायतका पत्रकार पुरस्कृत भइसकेका छन ।

 

नेपाल पत्रकार महासंघ पर्साका तत्कालीन अध्यक्ष स्व.गोपाल गिरीको स्मरणमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको राशी २५ हजार रहेको छ । १० हजार बाट शुरु भएको पुरस्कारको राशी शाखाले बढाउदै २५ हजार पुर्याएको हो । 


महासंघको बैठकले शाखाको २४ औं जिल्ला अधिवेशन माघको २० गते बीरगंजमा गर्ने निर्णय गरेको छ । अधिवेशनको तयारीकालागि श्याम बन्जारको संयोजकत्वमा तयारी समिति निर्माण गरिएको छ । अधिवेशनमा यस पटक शाखाका पूर्व अध्यक्षहरुलाई सम्मानीत गर्ने निर्णय पनि बैठकले गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.