logo

अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना पुष्टि,लापरवाही भन्दै अस्पतालको आलोचना

      5/25/2020 गते 00 00 मा प्रकाशित     1070   पटक पढिएको

 

वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वाब परिक्षणको रिपोर्ट निकै ठिलो आएपछि मध्यतराईको बीरगंज र कलैयामा एक खालको अन्यौलता ब्याप्त भएको छ ।

 

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं ७ का ७० वर्षिय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि जेठ २ गते उपचारकोलागि बीरगंजको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

 

उपचारको क्रममा उहाँको कोरोना भाइरसको संक्रमण परिक्षणकालागि स्वाब संकलन भएको थियो । बीरगजको नारयाणी अस्पतालमा रहेको पिसीआर मेशिनमा गरिएको परिक्षणमा शंकास्पद देखिएपछि थप परिक्षणकालागि स्वाब काठमाण्डौ पठाइएको थियो ।

 

त्यही परिक्षणको रिपोर्ट आज १२ गते १० दिन पछि आएको छ । यो वीचमा जेठ ४ गते बिरामीको उपचारको क्रममै मृत्यु भयो । अस्पतालले शव आफन्तलाई बुझायो र ति बृद्धको थारु जातीको परम्परा अनुसार अन्तिम संस्कार पनि भयो । 


कोरोना भाइरसको संक्रमण जाँचकालागि स्वाब संकलन भएपछि त्यसको रिपोर्ट नआउदै शव परिवारलाई बुझाउन र सदगद समेत गरिनुले  मध्य तराईमा संक्रमणको भय बढेको छ । अस्पतालले लापरवाही गरेको भन्दै मेडिकल कलेजको आलोचना भइरहेको छ । 


कोरोना भाइरसको रिपोर्ट पोजिटीभ आएपछि अहिले नेशनल मेडिकल कलेजको  ब्यवस्थापन पनि अवको के गर्ने भन्ने बिषयमा छलफलमा ब्यस्त रहेको मेकिडल कलेज शिक्षण अस्पताल कोभिड रोग उपचारका प्रमुख डा. असरफ अलीले बताउनु भयो ।

 

नेशनल मेकिडल कलेजको बिषयमा के गर्ने भन्ने कुरा स्वास्थ्य मंत्रालयमा छलफल भइरहेको छ । स्थानीय प्रशासन पनि माथिको आदेश पर्खेर बसेको अवस्था छ । 
कोरोना संक्रमणको रिपोर्ट १० दिन पछि आउनुलाई पनि चरम लापरवाहीको रुपमा लिइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.