logo

दिल्लीबाट नेपाल फर्किएका रौहतका १९ वर्षिय युवामा संक्रमण पोजेटिभ देखियो

      4/13/2020 गते 00 00 मा प्रकाशित     884   पटक पढिएको

बीरगन्ज, १ वैशाख  । रौतहटका एक युवकमा कोरोना भाइसरको संक्रमण देखिएको छ । भारतबाट केही दिनअघि घर आएका युवकमा कोरोनाको संक्रमण देखिएको हो ।


रौतहटको इशनाथ नपाको क्वारेन्टाइनमा रहेका १९ बर्षिय युवकमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी केही दिन अघि दिल्ली बाट आएका बताइएको छ ।

नगरपालिकाले सबैलाई विदेशबाट कोही आए स्वास्थ्य जाँच गराएर मात्र घरमा प्रवेश गराउनुपर्छ भन्ने प्रचार गरेका कारण उनको परिवारले ति युवालाई सोझै क्वारेन्टिनमा लगेका थिए । 

उनलाई वडा नम्बर ३ मा रहेको जनता उच्च माविको क्वारेन्टाइनमा राखिएको थियो ।जनकपुरबाट आएको टोलीले क्वारेन्टाइनमा रहेका ३० मध्ये २५ जनाको नमुना संकलन गरेर लगेका थियो, त्यसमध्ये १९ वर्षका युवकमा संक्रमण देखिएको हो ।

 

विद्यालयको एउटा कोठामा पाँच जनालाई राखेको थियो । १९ वर्षीय युवकलाई कुनै लक्षण देखिएको थिएन तर संक्रमण भएको पुष्टि भएको छ ।उनीसँगै बसेका चार जनाको भने रिपोर्ट नेगेभिट आएको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.