logo

पर्साको जगरनाथपुरमा आज एमालेको सन्देश सभा,हजारौको सहभागिता रहने, अध्यक्ष ओलीले सम्बोधन गर्ने 

 इसीमाना सम्वाददाता     २०७८ पौष ८ गते ०७: ०२ मा प्रकाशित     1098   पटक पढिएको

जिल्लाको जगरनाथपुरमा पुस ८ गते बिहीबार हुने नेकपा एमालेको सन्देश सभा एवम् वृहत् पार्टी प्रवेश कार्यक्रमको तयारी पूरा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सो सभामा सम्बोधन गर्नुहुनेछ ।

 

 सभामा १ लाख भन्दाबढिको जनसभागिता हुने एमाले केन्द्रीय सदस्य एवम् पर्साका सह–इन्जार्ज निर्मला देवकोटाले जानकारी दिनु भयो । कार्यक्रममा पर्सा बारा रौतहट र सर्लाही देखी सहभागि आउने बताइएको छ। कार्यक्रममा स्वतःस्फुर्त बारा, रौतहटबाट पनि हजारौको संख्यामा कार्यकर्ता र जनसमुदाय आउने जानकारी पाएको र सोही अनुसार व्यवस्थापन गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष प्रभू हजराले बताउनु भयो ।

कार्यक्रमको लागि ३ स्टेपको मञ्च बनाइएको बनाइएको मञ्च व्यवस्थापन समितिले जनाएको छ । पहिलो स्टेप सबभन्दा माथि अध्यक्ष केपी ओली, अन्य पदाधिकारी लगायत केन्द्रीय नेतागण, दोश्रो स्टेपमा प्रदेश समिति, संबिधान सभा सदस्य र पूर्व सांसद तथा निर्वाचित पालिका प्रमुख उप प्रमुख रहनेछन् ।

 

तेश्रो स्टेपमा कलाकारहरु रहने छन् । पत्रकारहरु को लागि छुट्टै बस्ने व्यवस्था मिलाइएको सचिव मनोज गुप्ताले बताउनु भयो । करीब ५ किलो मिटरसम्म आवाज पुग्ने गरी माइकको व्यवस्था गरिएको बताइएको छ । सभाको लागि २ सय जना  अनुसार कार्यक्रममा युवा संघ,अनेमसंघ, विद्यार्थी र खेलकुद महासंघबाट स्वयमसेवक परिचालन गरीने छन् ।

 

गाँउपालिका भवनको उदघाटन समेत गर्ने कार्यक्रम रहेकोले अध्यक्ष ओली  बिहान ११ः३० बजे हेलीकप्टरबाट जगरनाथपुरको हेली प्याडमा ल्याण्ड गर्ने बताइएको छ । उद्घाटन पछि सिधै बृहत् सभामा पुग्नु हुने र जगरनाथपुर गाँउ पालिकाका अध्यक्ष जालिम मियाँ, नेता समिम मियाँ लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको केन्द्रीय सदस्य अरबिन्द कुमार सिंहले जानकारी दिनु भयो ।

 

दशौं महाधिवेशन पछि प्रदेश न २ को पर्सा को ग्रामीण भेगमा अध्यक्ष केपी ओलीको आगमन राजनैतिक र रणनैतिक दृष्टिले अति महत्वपूर्ण हुने राजनीतिज्ञ विश्लेषकहरु को भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.