logo

बिकास निर्माणको खाका लिएर जीतपुरसिमराको टोली काठमाण्डौमा

      4/16/2018 गते 00 00 मा प्रकाशित     967   पटक पढिएको

जीतपुर, ३ बैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलसहित वडाअध्यक्षको टोली यतिबेला काठमाण्डौमा छन् ।

 

उपमहानगरको बिकास निर्माणको योजना लिएर काठमाण्डौ पुगेको टोलीले विभिन्न मन्त्रालयमा पुगेर योजना भित्राउन पहल गरिरहेका छन् । 

टोलीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनलाई भेटेर उपमहानगरपालिकाभित्र सिचाई, नदिनियन्त्रण, विद्युत र बैकल्पिक उर्जाको खाका प्रस्तुत गरेको छ ।

 

मेयर डा. पौडेलले कृषी क्षेत्रका लागि सिचाईको ब्यवस्था गरिदिन माग गरेका छन् । विभिन्न वडामा सिचाई समस्या रहेको भन्दै डा. पौडेलले मन्त्री पुनलाई डिपट्युबवेल, मेशिनड्रिल्ड ट्युबवेल र स्यालो ट्युबवेलका लागि बजेटको ब्यवस्था गरिदिन आग्रह गरे । 

मेयर डा. पौडेलले उपमहानगरमा रहेका ठुला नदीबाट भईरहेको कटान तथा डुबानले सयौं बिघा जमिन बर्षेनी कटान भईरहेको र बस्ती जोखिममा परिरहेकाले नदि नियन्त्रणका लागि समेत मन्त्री पुनको ध्यानाकर्षण गराएका छन् ।

 

चुरे सृंखलाबाट सुरु हुने दुधौरा, बालगंगा, पसाहा नदीले अमलेखगंजलगायत उपमहानगरको उत्तरदेखि दक्षिण क्षेत्रसम्मको ठुलो भूभागमा समस्या भईरहेको भन्दै नदि नियन्त्रण र तटबन्धका लागि विशेष कार्यक्रमसहित आवश्यक बजेट व्यवस्था गर्न आग्रह गरेका छन् । 

 

उपमहानगरभित्र सिंचाईका लागि पनि आवश्यकता अनुरुप विद्युतीकरण हुन नसकेको र विद्युत सेवा सहज नभएको भन्दै मेयर डा. पौडेलले मन्त्री पुनको ध्यानाकर्षण गराएका छन् ।

 

उपमहानगरभित्र सडक विस्तार र स्तरोन्नतीका कारण करीव एक हजार पोल र केही ट्रान्सफर्मर अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिएकाले त्यसका लागि नेपाल विद्युत प्राधिकरणमार्फत बजेट तथा कार्यक्रमको व्यवस्था मिलाउन मन्त्री पुनलाई ज्ञापन बुझाएका छन् । 

 


मेयर डा. पौडेलले भूमिगत सिचाई दीर्घकालीन र दीगो समाधान नहुने भन्दै स्थायी नदीमार्फत सिचाई आयोजनाको काम अघि बढाउन मन्त्री पुनलाई आग्रह गरेका छन् ।

 

जीतपुरसिमरा उपमहानगरसहित बारा र पर्सालाई लक्षित गरेर त्रिशुली राप्ती चुरे डाइभर्सन सिंचाई आयोजनाको सम्भावना रहेकाले बिस्तृत सम्भाव्यता अध्ययनको प्रक्रियालाई अघि बढाउन आग्रह गरेका छन् । ज्ञापन बुझ्दै मन्त्री पुनले उपमहानगरको टोलीबाट आएका कुरा पुरा गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । 

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, नेकपा माओवादी केन्द्रका नेता क्षेत्रबहादुर श्रेष्ठ, राजन पौडेल, वडाअध्यक्ष रामशरण बर्तौला, तिलक श्रेष्ठ, केदार बजगाई, कृष्ण ठकुरी, रामप्रसाद लामिछाने, मनिकलाल थिङ, कैमुदिन अंसारी, बिनोद यादव, होटल ब्यवसायी संघ बाराका अध्यक्ष एवम् नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मालगायत सहभागी थिए ।  

यसैगरी टोलीले पर्यटनमन्त्री रविन्द्र अधिकारीसंग भेट गर्दै दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको काम अघि बढाउन र टांगियावस्तीको स्थानान्तरणका साथै स्थानियबासिन्दाको मागका बिषयमा गम्भिर हुन समेत आग्रह गरेको छ । मेयर डा. पौडेलले टांगियाबासीको उचित मागलाई सम्बोधन गरेर बसोबासको ब्यवस्थासहित स्थानान्तरण गर्दै आयोजनाको कामलाई गति दिन आग्रह गरे । मन्त्री अधिकारीले टांगियावासीको मागका बिषयमा सरकार गम्भिर रहेको भन्दै एक महिनाभित्र टांगियाको वस्तीको बिषयमा सरकारले निर्णय गर्ने बताएका छन् । 

टोलीले स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालसंग भेट गर्दै उपमहानगरभित्रको स्वास्थ्य सेवा विस्तार, स्तरोन्नती र पूर्वाधारण निर्माणको बिषयमा ध्यानाकर्षण गराएको छ ।

 

मन्त्री अर्यालसंग भेट गर्दै मेयर डा. पौडेलले जीतपुरमा दुई सय शैय्याको अस्पताल निर्माणका लागि मन्त्रालयको कार्यक्रममा समावेश गर्न, सिमरामा रहेको प्राथमिक स्वास्थ्यकेन्द्रलाई सिमरा अस्पतालको रुपमा स्तरोन्नति गर्न, जीतपुरमा अत्याधुनिक सर्पदंश उपचार केन्द्र स्थापना कार्य अघि बढिरहेकोले पूर्वाधार र आवश्यक सामाग्रीको संयोजन गरिदिन, पथलैयामा रहेको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा राजमार्ग अस्पताल स्थापनाका लागि पहल गर्न, डुमरवाना, जैतापुर, इनर्वासिरा, अमलेखगञ्ज र छातापिप्रामा बर्थिङसेन्टर र २४ घण्टे आकस्मिक स्वास्थ्यसेवाका बजेट ब्यवस्था गर्न र उपमहानगरभित्र रहेको स्वास्थ्यचौकीको स्तरोन्नती र स्वास्थ्य चौकी नभएको वडामा नया स्थापनाका गर्न समेत माग गरेका छन् ।

 

यसैगरी नेपाल सरकारले दुई नम्बर प्रदेशमा पांच सय शैय्याको श्रम अस्पताल स्थापना गर्ने काम अघि बढाइरहेको र श्रम मन्त्रालयले यस अघि गरेको स्थलगत अवलोकनको क्रममा जीतपुरसिमरा उपमहानगर क्षेत्रभित्रको विशेष आर्थिक क्षेत्रभित्र उपयुक्त हुने रायसमेत लिएकाले सो क्षेत्रमा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन समेत मन्त्री अर्याललाई ध्यानाकर्षण गराइएको छ । 

 

टोलीले भौतिक पूर्वाधार योजना तथा यातायात मन्त्री रघुविर महासेठलाई भेट गर्दै उपमहानगरभित्रको सडक, पुललगायत विभिन्न बिषयमा छलफल भएको छ । भेटमा मन्त्री महासेठले जीतपुरसिमरा उपमहानगरको सम्भावनाका बिषयमा आफू जानकार रहेको र उपमहानगरको भ्रमणका गर्न आफू चाडै आउने बताएका छन् । मन्त्री महासेठले उपमहानगरको बिकास निर्माणको कामलाई आफूले प्राथमिकतामा राख्ने समेत बताएका थिए ।

 

टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई भेट गर्दै उपमहानगरको सुरक्षाको अवस्थाका बिषयमा ध्यानार्षण गराएका छन् । भेटमा मेयर डा. पौडेलले बजनी घटनाले स्थानियमा अन्यौलता बढाईरहेको भन्दै घटनाको यथार्थ बाहिर ल्याउन र दोषीलाई कानुनी दायरामा ल्याउनका लागि मन्त्री बादलको ध्यानाकर्षण गराए । मेयर डा. पौडेलले उपमहानगरभित्रका विभिन्न स्थानमा प्रहरी चौकी स्थापनाका गर्न समेत माग गरेका छन् । 

टोलीले उद्योग मन्त्री मातृका यादवसंग भेट गर्दै बिशेष आर्थिक क्षेत्रभित्र गामेन्ट प्रोसेसिङ जोनको शिलन्यासले स्थानियलाई हर्षित बनाएको भन्दै सेज निर्माणको कामलाई गति दिन आग्रह गरेका छन् । मेयर डा. पौडेलले श्रम अस्पताल निर्माणका लागि सेजभित्रको जमिन उलपब्ध गराउन समेत माग गरे ।

 

भेटमा मन्त्री यादवले उपमहानगरको भ्रमणमा आउन आफू ईच्छुक रहेको भन्दै उपमहानगरको समग्र बिकासका आफू सकारात्मक रहेको बताए । टोलीले सामान्य  प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेट गर्दै कर्मचारी अभावका कारण समस्या भईरहेको भन्दै तत्काल कर्मचारी पठाउन ध्यानाकर्षण गराएको छ । भेटमा मन्त्री पण्डितले अब केही सातामै कर्मचारी पठाईने बताएका थिए । 


 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.