logo

अर्नगल प्रचारको तुक छैन : एमाले 

      8/28/2017 गते 00 00 मा प्रकाशित     1592   पटक पढिएको

बीरगंज १२ भदौ ।नेकपा एमालेको चुनावी अभियानले अन्य राजनीतिक दललाई निकै दवाव सृजना भइरहेको छ । अन्य दलले उम्मेदवारको टुङ्गो लगाउन नपाउदै एमाले प्रचार अभिायनमा निस्केकोले पनि अन्य दलहरु दवावमा परेका हुन । एमालेको प्रचार अभियानलाई रोक्न नसक्ने भएपछि अर्नगल प्रचार हुन थालेको एमालेले जनाएको छ ।

पूर्व प्रधानमंत्री माधव कुमार नेपालको सहभागितामा सोमवार बीरगंजमा घरदैलो सम्पन्न भएको थियो । पूर्व प्रधानमंत्री नै घर दैलोमा निस्के पछि अन्य राजनीतिक दलहरुलाई दवाव पर्नु स्वभाविक हो  । एमालेको अग्रशरता र गतीशिलताका कारण अत्तालिएकाहरुले सामाजिक संजाल मार्फत अर्नगल प्रचार शुरु भएको हो । बीरगंज महानगरको वडा नं १२ मुर्लीमा एमालेका मेयरका उम्मेदवार बसरुदिन अन्सारी उपमेयरका उम्मेदवार सोफिया आचार्य सहित पार्टीेका बरिष्ठ नेता माधव कुमार नेपाल सहित एमालेका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागि भएका थिए ।

यता सामाजिक संजालमा भने स्थानीयले एमाले नेता लखेटे भन्दै एमाले अभियानलाई भाँजो हाल्ने षडयन्त्र गरे पनि त्यो सफल हुने अवस्था रहेन । सामाजिक संजाल र केही संचार माध्यममा समेत हुदै नभएको समाचार आएपछि एमालेले त्यसप्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ । एमालले आफनो चुनावी कार्यक्रम बिना कुनै अवरोध संचालन भइरहेको जनाएको छ ।

एमालेले लिएको राजनीतिक अडान प्रति जनता सचेत रहेको बताउदै एमाले के हो भन्ने कुरा जनमतले देखाउने भएकोले वहियात हल्ला गरेर आत्मरतीमा रमाउने काम नगर्न समेत आग्रह गरेको छ । एमालेका नेता मनोज चौधरीले घरदैलोमा आफू सहभागि रहेको बताउदै उत्साहका साथमा कार्यक्रम भएको बताए । एमालेका नेता हिरा गिरीले एमालेको अभियान र बढदो जनलहरबाट आत्तिएकाहरुले एमालेको अभियान रोक्न सकिन्छ की भनेर षडयन्त्र गरेको आरोप लगाए ।

उनले जनतालाई भ्रममा नपर्न आग्रह गर्दै भने सबै भन्दा पहिला जनताकोवीचमा एमाले बिना अवरोध गएको बताए । उनले हल्लाको पछाडि नलाग्न र संचार माध्यमलाई समेत आफनो मूल्य र मान्यता र ब्यवसायीक पत्रकारिताको मर्म नबिर्सन आग्रह गरेका छन ।

यसैवीच पर्साको पटेर्वा सुगौली गाउँपालिकाको देउरीयमा एमालले भब्य चुनावी सभा सम्पन्न गरेको छ । सो सभामा पर्सेली राजनीतिका एक हस्ती थारु कल्याणकारी सभा पर्साका अध्यक्ष हेम नारायण चौधरी लगायत सैयौ ब्यक्तिहरु एमालेका प्रवेश गरेका छन । चौधरी नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन ।

पटेर्वा सुगौलीमा नेकपा एमालले देउरीयका शिक्षीत युवा हरिनारायण चौधरीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सभालाई सम्बोधन गर्दै एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपालले तराई मधेशको बिकासको सपना एमालले मात्र पुरा गर्ने दृढता ब्यक्त गरे । आफनो पार्टी मधेशका मेहनतकश जनताको हितगर्ने  पार्टी भएको चर्चा गर्दै उनले २ नम्बर प्रदेशमा पनि पार्टी पहिलो हुने दावी गरे । आजै एमालेको जनसंगठन अनेरास्ववियुको जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलामा एमाले नेतृ निर्मला देवकोटा मनोज चौधरी प्रेस चौतारी नेपालका बृजलाल पासवान लगायतले स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउनकालागि अभियान संचालन गर्नु पर्नेमा जोड दिएका थिए । पूर्व प्रधानमंत्री माधव कुमार नेपालको सहभागितामा आजै पर्सा जिल्लामा एमालेले बुद्धिजीवीहरुको भेला समेत सम्पन्न गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.