logo

सम्बिधान कार्यान्वयनकालागि स्थानीय चुनाव आवश्यकःनेता राई

      4/4/2017 गते 00 00 मा प्रकाशित     1090   पटक पढिएको

सिमरा  २२ चैत्र
स्थानीय निर्वाचनको घोषणसंगै बारा जिल्लाका  १५ बटा स्थानिय तह नेकपा एमाले बाराले संगठन निर्माणको कामलाई तिब्रता दिएको छ ।  आज एमाले जितपुरसिमरा उप–महानगरपालीका वडा नं. २२ को वडा स्तरीय भेला अमलेखगञ्जमा सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय बैकल्पिक सदस्य दिनेश राईले सबै जातजातिलाई समेटेर नयाँ संबिधान बनेकोलेयो संबिधान कार्यान्वयनका लागि तोकिएको मितिमा स्थानीय निर्वाचन हुनुपर्न बताए  । त्यसैगरी कार्यक्रममा बोल्दै एमालेबाराका अध्यक्ष सुन्दर बिकले कांग्रेस र माओबादीले देशमा जातीय द्धन्द गराउन खोजेको आरोप लगाउँदैे संबिधान कार्यान्वयन हुन नदिने षडयन्त्रमा लागेको दाबी गरे । 
भगवती ठकुरीको सभापतित्वमा सम्पन्न भेलामा नेकपा एमाले प्रदेश नं. २ का सदस्य भरत खडका,सिता गुरुङ्ग एमाले बाराका उपाअध्यक्ष देव नारायण चौधरी, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल,नगर संयोजक कृष्ण खनाल, जिल्ला सदस्य तारा कार्की,रमा गुरुग,सरीता राई,भरत घले नगर सदस्यहरु अमर गुरुङ्ग,जगदीश साह,जयन्ती थापा लगाएतले बिचार ब्यक्त गरे । कार्यक्रमको संचालन सुबास श्रेष्टले गर्नु भएको थियो ।भेलाले भगबती ठकुरीको अध्यक्षतामा १ सय ५० सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.