logo

प्रतिब्यक्ति आय र आर्थिक बृद्धिद्धरमा मधेश प्रदेश सबैभन्दा पुछारमा , सबैभन्दा अगाडि बागमती

 इसीमाना सम्वाददाता     २०८० जेठ २ गते ०८: २६ मा प्रकाशित     578   पटक पढिएको

काठमाडौं । विकट कर्णाली प्रदेश भन्दा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रतिव्यक्ति आय) कम रहको छ । केन्द्रीय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा मधेश प्रदेशको प्रतिव्यक्ति आम्दानी सबैभन्दा कम ८ सय ७५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

यस्तै सबैभन्दा धेरै प्रतिव्यक्ति आय बागमती प्रदेशको २ हजार ४ सय ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । चालु आवमा नेपालको औसत प्रतिव्यक्ति आय १ हजार ३ सय ९९ डलर रहने अनुमान गरेको छ ।

 

बागमती र गण्डकी प्रदेशको प्रतिव्यक्ति आय नेपालको औसत भन्दा माथि हुँदा अन्य ५ वटा प्रदेशको भने औसतभन्दा कम रहेको छ ।


अन्नको भण्डार ,औधोगीक क्षेत्र रहेको मधेश प्रदेश भने प्रतिब्यक्ति आयमा सबै भन्दा पछाडी रहेको छ । बिकट र दुर्गम मानिएको कर्णली प्रदेशमा प्रतिब्यक्ति आय ९ सय ९७ डलर पुग्ने उल्लेख छ । यो मधेश प्रदेशको भन्दा बढी हो ।

 

चालु आवमा बागमती प्रदेशपछि गण्डकी प्रदेशको प्रतिव्यक्ति आय १४९२ डलर पुग्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय १ हजार ६३ डलर, लुम्बिनी प्रदेशको १ हजार १ सय २६ अमेरिकी डलर र कोशी प्रदेशको प्रतिव्यक्ति आय १ हजार २सय ९९ अमेरिकी डलर पुग्ने अनुमान केन्द्रिय तथ्यांक कार्यालयले गरेको छ ।

 

बिभागका अनुसार मधेश प्रदेशको आर्थिक वृद्धिदर १.७ प्रतिशतले हुँदा कुल गार्हस्थ उत्पादन ७ खर्ब ७ अर्ब ५१ करोड पुग्ने अनुमान तथ्यांक कार्यालयको छ । मधेश प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षमा ४.६ प्रतिशत थियो । सबै प्रदेशहरु भन्दा कम आर्थिक बृद्धिद्धरको प्रक्षेपण हो यो ।


मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन सेवा क्षेत्रमा योगदान ५३.४ प्रतिशत रहँदा प्राथमिक क्षेत्रमा ३५.४ प्रतिशत र द्वितीय क्षेत्रको योगदान ११.३ प्रतिशत रहेको छ ।

 

सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, अवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार वित्तीय तथा बीमा क्षेत्र, घरजग्गा कारोवार, पेशागत तथा प्रशासिनक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू पर्दछन् ।

 

प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्य र खानी तथा उत्खनन क्षेत्रहरु पर्दछन् । यस्तै द्वितीय क्षेत्रमा उद्योग, विद्युत, ग्याँस, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनरउत्पादनका क्रियाकलापहरू र निर्माण क्षेत्र पर्दछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.