logo

कुस्ती प्रतियोगितामा पर्सेली खेलाडीको कमाल ,३ स्वर्ण सहित १० वटा पदक जिते

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ३ गते ०६: ३६ मा प्रकाशित     860   पटक पढिएको


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कुस्ती खेलमा पर्सेली खेलाडीहरुले कमाल गरेका छन ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी स्थित रहेको श्रीराम भक्त हनुमान अखाडा कुस्ती प्रशिक्षण केन्द्रका कुस्ती खेलाडीहरुले ३ स्वर्ण सहित १० वटा पदक जितेका छन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुरको कावासोतीमा सम्पन्न भएको कुस्ती तर्फको स्पर्धामा पर्साका कुस्ती खेलाडीले ३ स्वर्ण , ५ रजत र २ कास्य पदक गरि १० पदक जितेका हुन् ।

 

९६ किलो तौलमा सुमिर साह, ८६ किलो तौलमा लाल बहादुर यादव र १२५ किलो तौलमा राज यादवले स्वर्ण पदक जितेका हुन् ।

यस्तै ५६ किलो तौलमा भागवत साह ,६५ किलो तौलमा गंगा राम , ७० किलो तौलमा धर्मेन्द्र प्रसाद यादव, ७४ किलो तौलमा रितेश यादव र १२५ किलो तौलमा सागर यादवले रजत पदक जितेका हुन् । यसैगरि ८६ किलो तौलमा दिपेश राउत कमकर र ९२ किलो तौलमा बिनोद सहनीले कास्य पदक जितेको प्रशिक्षक नरेश गिरी बाबाले जानकारी दिए ।

 


त्यस्तै पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एकैवडाका दुई खेलाडीले शारीरिक सुगठनतर्फ रजत पदक जितेका छन् । बाराको परवानीपुर गाउँपालिपा– ३ लिपनीमालनिवासी सन्नी आजम र किरण यादवले रजत पदक जितेका हुन् ।

मधेस प्रदेशको तर्फबाट सहभागी भएका ७० किलो तौल समूहमा यादव र ७५ किलो तौल समूहमा आजमले रजत पदक जितेका हुन् । 


त्यस्तै जुडो तर्फ पर्साका म.सोयब अख्तरले स्वर्ण पदक जितेका छन् ।जुडो तर्फ स्वर्ण पदक जित्ने उनी मधेस प्रदेशमै एक मात्र खेलाडी हुन् । उनले ५८ केजी समूहतर्फ नेपाल प्रहरीका सुवासचन्द्र बोहरालाई पराजित गर्दै गोल्ड मेडल हात पारेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.