logo

आयोजक जनजागृति सेमिफाईनलमा प्रवेश मंगलवार साविक बिजेता संकटा र सर्लाहीबीच खेल हुने

 इसीमाना सम्वाददाता     २०७८ चैत १४ गते ०९: ३१ मा प्रकाशित     744   पटक पढिएको

आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा सुदूपश्चिम ११ लाई १ ० ले पराजित गर्दै आयोजक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।


आयोजकको जितमा सुनिल खड्काले निर्णायक गोल गरे । खेलको ५०औं मिनेटमा खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक गोलको मद्यतले आयोजक अघिल्लो यात्रा तय गर्न सफल भएको हो ।


उद्घाटन खेलमा फ्रेण्ड्स क्लबमाथी ३ १ को जित निकाल्दै सुदूपश्चिमले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । फ्रेण्ड्समाथी सहज जित निकालेको सुदूरपश्चिमले जनजागृतिविरुद्ध भने आकर्षक खेल पस्कन सकेन् । सुरुवातदेखी नै दवावमा देखिएको सुदूपश्चिमविरुद्ध जनजागृतिले लगातार आक्रामक खेल प्रदर्शन गरेको थियो ।


डोना थापासहित ए डिभिजन क्लबका र स्थानिय खेलाडी सम्मिलित टिम लिएर मैदानमा उत्रिएको आयोजक सुरुवातदेखि नै उत्कृष्ट लयमा देखियो । सुदूरपश्चिममाथी हावी बन्न सफल आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर सदुपयोग गर्न सकेन् ।


सुदूरपश्चिमले खेल सुरु भएको दोस्रो मिनेटमै उत्कृष्ट अवसर गुमाउन पुग्दा आयोजक हावी हुन पुगेको हो । सुदूरपश्चिमका विनोद केसीले डिबक्स भित्र पाएको बललाई पोष्टको दिशा दिन सकेनन् । विनोदले बल नियन्त्रणमा लिन नसक्दा जनजागृतिका रक्षापंक्ती सम्हालेका यानिक केट्चाले क्लियर गरेका थिए ।


आकर्षक अवसर गुमाएको सुदूरपश्चिमले त्यसपछि खेलमा राम्रो अवसर बनाउन सकेन् । पहिलो हाफ जनजागृतिले आफ्नो नियन्त्रणमा लिएपनि फिनिसि» पक्ष भने कमजोर देखिएको थियो । खेलको १०औं मिनेटमा सुनिल खड्काको उत्कृष्ट प्रहार क्रसबार नजिकैबाट बाहिरिन पुगेको थियो ।


गेम मेकरको भूमिकामा देखिएका डोनाले खेलको १३औं मिनेटमा सुनिल खड्कालाई अर्को अवसर बनाए । सुदूरपश्चिमको रक्षापंक्तीलाई झुक्याउदै डोनाले निकालेको पासमा सुनिल गोल गर्न चुके । उनको फितलो प्रहारलाई सुदूरपश्चिमका खेलाडी नियन्त्रणमा लिएका थिए ।


खेलको २७औं मिनेटमा जनजागृतिले अर्को अवसर गुमायो । डोनाको क्रस बललाई आयोजकका मोहित गुरु» गोल गर्न चुके । आयोजकले लगातार अवसर बनाईहदा सुदूरपश्चिम भने दवावमा देखिन्थ्यो । झण्डै पाँच हजार घरेलु दर्शकको समर्थन पाएको आयोजकविरुद्ध सुदूपश्चिमका पासा» लामाले ३४औं मिनेटमा राम्रो अवसर बनाएपनि गोलरक्षक सन्तोष महतले नियन्त्रणमा लिएका थिए ।


उत्कृष्ट तालमेलमा देखिएको जनजागृतिले दोस्रो हाफमा पनि उस्तै प्रदर्शन गरेको थियो । दोस्रो हाफको सुरुवातमै सुनिल खड्काको गोलले अग्रता लिएपछि जनजागृति उत्साहित देखिन्थ्यो । अफ्रिकी मुलका दुई खेलाडीले सम्हालेको रक्षापंक्तीको घेरा तोड्न सुदूरपश्चिम पूर्णरुपमा असफल देखियो ।


अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि जनजागृतिका हेमन्त थापा मगर, सुनिल खड्का, मोहित गुरु»ले थुप्रै अवसर चुकाएका थिए । खेलको ८३औ मिनेटमा डोना थापाले गरेको उत्कृष्ट प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक आकाश बुढाले बचाउ गरे ।


खेलमा डोना थापाले गरेको दुई वटा गोलले मान्यता पाएन् । पहिलो हाफ र दोस्रो हाफमा उनले गोल गरेपनि रेफ्री नविन्द्र महर्जनले अफ घोषित गरेका थिए । उत्कृष्ट लयमा देखिएका डोनाको दुई वटा गोलले मान्यता नपाएपनि आयोजकले खेलको ५०औं मिनेटमा सुनिल खड्काले गरेको गोलको मद्यतले जित हात पार्दै अघिल्लो यात्रा तय ग¥यो ।


सुनिल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलवार साविक बिजेता संकटा क्लब र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.