logo

फूटवलको माध्यमले पटेर्वालाई चिनाउने युवाको सपनालाई पुरा गर्न पालिकाले सहयोग गर्छः अध्यक्ष चौधरी

 इसीमाना सम्वाददाता     २०७८ फागुन १६ गते ०९: ३६ मा प्रकाशित     1552   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकामा वडा स्तरबाट छनौट गरिएका फूटवल खेलाडीहरुको पालिका स्तरीय टीमलाई खेल सामाग्री बितरण गरिएको छ ।

 

गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले खेलाडीलाई खेलकुद समाग्री बितरण गर्नु भएको हो । करिब २ लाख ५० हजार मूल्य बराबरको खेलकुद समाग्री खेलाडीलाई हस्तान्तरण गरिएको चौधरीले बताउनु भयो ।

 

जर्सी बुट फूटबव लगायतका समाग्री बितरण गरिएको उहाँले बताउनु भयो । पटेर्वा सुगौली फूटवलका लागि पर्साको महत्पूर्ण पालिका हो । फूटवल खेलको माध्यमले पालिकाको पहचिान उठाउने गरि खेल क्षेत्रमा पालिकाले लगानी गरेको छ ।

 

पालिका स्तरीय टिमको बिकासकालागि पालिकाले २० लाख रुपैया बिनियोजन गरेको छ । अहिले निचुटामा गएको शनिवार देखी फूटवल प्रतियोगिता भइरहेको छ । प्रतियोगिता संचालनकालागि १० लाख र निचुटामा रहेको फूटकवल मैदानलाई तारजालीले घेराबन्दी र ग्राउण्ड सुधारकालागि १० लाख रुपैया निकासा भई काम भइरहेको अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

 

उहाँले गाउँ भरिबाट छनौटमा परि निर्माण भएको टिमलाई फूटवल सम्बन्धी सीप र टेक्निक सिकाउन कोचको समेत ब्यवस्था गर्ने अध्यक्ष चौधरीले बताउनु भयो । पटेर्वा सुगौलीलाई फूटवलका माध्यमले पनि चिनाउने युवाहरुको सपनालाई साकार पार्न गाउँपालिकाले युवाहरुको मनोवल उच्च पार्दै सहकार्य गरेको चौधरीको भनाई छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.