logo

वीरगन्ज तेश्रो मेयर कप खेलकुद आजबाट शुरु,प्रतियोगिता एक महिनासम्म चल्ने

 इसीमाना सम्वाददाता     २०७८ फागुन १४ गते ०७: १९ मा प्रकाशित     773   पटक पढिएको

वीरगन्जमा आजदेखि मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ । वीरगन्जको आदर्शनगरमा शुरु भएको प्रतियोगिताको मधेस प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले उदघाटन गर्नुभएको छ ।

 

प्रतियोगिताको उदघाटन समरोहमा विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुले मार्चपास गरेका थिए । मार्च पासमा जिएचपी मावि पहिलो, मनकामना मावि दोस्रो सिद्वार्थ माबि तेश्रो भएका छन् । उनीहरुलाई प्रमुख अतिथि लगायत अतिथि हरुले पुरस्कार वितरण गरेका थिए ।

 

उदघाटन समारोहमा औपचारिक कार्यक्रमको समापन गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विद्यार्थीहरुलाई अध्ययन अध्यापन बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागिता गराउने उद्देश्यले तीनबर्षदेखि मेयर कप ठुलो बजेट खर्च गरेर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।

 

उहाँले खेलकुदको विभिन्न विधामा प्रतिस्पर्धा रहेको प्रतियोगिता एक महिनासम्म चल्ने जानकारी दिदै विद्यार्थीहरुको अध्ययन पनि जारी नै रहेकोले त्यसलाई प्रभावित नहुने गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले खेलकुदले व्यक्तिको शारिरिक र मानसिक स्वास्थ्य बलियो बनाउनुका साथै व्यत्तित्व विकासमा पनि सहयोग पु¥याउने बताउनुभयो ।

 

वीरगन्ज महानगरपालिकाका प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य करिमा वेगम, महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, एन–प्याब्सनका पर्सा अध्यक्ष रामराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.