logo

खेलकुदमंत्रीद्वारा अदालतको आदेशको अपहेलना राखेप बोर्ड सदस्यहरुद्धारा बैठकको माग

 इसीमाना सम्वाददाता     २०७८ माघ २० गते ०६: ३९ मा प्रकाशित     770   पटक पढिएको


राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक बोलाउनका लागि परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज समक्ष १३ जना बोर्ड सदस्यले संयुक्त रुपमा मागपत्र पेश गरेका छन् ।

 

बिहिबार मन्त्रालयमा उपस्थित भई मन्त्रीलाई संयुक्त रुपमा भेटेर पत्र बुझाउने कार्यक्रम रहेको भएतापनि मन्त्रिले भेट्न र पत्र बुझ्न अस्विकार गरेपछि बोर्ड सदस्यहरुले मन्त्रालयमा दर्ता गर्दै राष्ट्रिय खेलकुद परिषदका प्रशासन प्रमुखलाई समेत छायाँप्रति बुझाएका छन् ।

 


पछिल्लो पटक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको राखेप बोर्ड बैठक सरकार परिवर्तनसँगै स्थगीत भएको र नयाँ मन्त्री आएको ७ महिना बितिसक्दा पनि बैठक बस्न नसकेकोले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषदको बैठक बोलाउन संयुक्त रुपमा अनुरोध गरेको राखेपका कार्यकारी बोर्ड सदस्य यकेन्द« बहादुर कुँवरले बताए ।


सो पत्र बुझाउने क्रममा अर्का कार्यकारी बोर्ड सदस्य नन्दा बस्यालले खेलकुद मन्त्रीको अकर्मन्यताका कारण समग्र खेलकुद जगत नै अस्तव्यस्त भएको र नवौं राष्ट्रिय खेलकुदको आयोजनालाई समेत अनिश्चितताको भूमरीमा धकेलेको बताईन ।


मन्त्री स्तरीय निर्णयबाट बर्खास्तीमा परेका बोर्ड सदस्यलाई कार्यमा फर्कन गरेको उच्च अदालत पाटनको फैसलालाई मान्न नसकिने जिकिर गरेर मन्त्रीले अदालतको मानहानी गरेको राखेप बोर्ड सदस्य सुभाष श्रेष्ठले बताए । साथै श्रेष्ठले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारका मन्त्रीले सोही अदालतको फैसलाबाट पुर्नबहाली भएका बोर्ड सदस्यलाई अस्विकार गर्नु अदालतप्रतिको मानहानी हो भन्दै सरकारमा रहीरहने नैतिकता समेत गुमाएको बताए ।


त्यस्तै अर्का बोर्ड सदस्य मानदेव हजराले तत्काल बोर्ड बैठक नबोलाए कडा आन्दोलनमा जाने र मन्त्री बिना नै राखेपको प्राङ्गणमा बोर्ड बैठकको आयोजना गर्ने जनाए । राखेपका २ कार्यकारी सदस्य सहित १३ जना बोर्ड सदस्यले संयुक्त हस्ताक्षर गरी बुझाएको मागमा नेपाल खेलकुद महासंघको समेत ऐक्यबद्धता रहेको प्रवक्ता उमेश केसीले बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.