logo

ठोरीमा जारी फूटवलमा भुमिशक्ती युवा क्लब र अमृत युवा क्लब ठोरी  बिजयी

 इसीमाना सम्वाददाता     २०७८ असोज १९ गते ०६: ५१ मा प्रकाशित     1208   पटक पढिएको

हिन्दुहरुको महान पर्व बिजयादशमीको अवसरमा ठोरी २ को व्यारेक खेल मैदानमा जारी दशैं कप २०७८ को पहिलो खेलमा निर्मलसमाज क्लब ठोरी १ रोजीनगर बिजयी भएको छ । 

भुमिशक्ती युवा क्लब ठोरी ४ मालिबस्तीलाई १ का बिरुद्ध  २ गोल अन्तरले पराजित गरेको हो ।भूमिशक्ती युवा क्लबका जर्सी नम्बर ११ का जितु पाण्डेले मध्यान्तरपूर्व कै समयमा गोल गरी अग्रता दिलाएता पनि निर्मलसमाज क्लबका जर्सी नम्बर २३ का समीर थापाले मध्यान्तरपछिको समयमा एक गोल गरी बराबरी गरेका थिए।

 

अत्यन्तै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा निर्मलसमाज क्लबका जर्सी नम्बर ९ का संजिव भट्टराईले पाएको अवसरलाई सदुपयोग गरी एक गोल गरेपछि निर्मलसमाज क्लब  बिजयी भएको हो। पहिलो खेलको म्यानअफ दी म्याच निर्मलसमाज क्लबका जर्सी नम्बर ९ का सन्जिव भट्टराई घोषित भएको वनशक्ती युवा क्लबका अध्यक्ष कमल रानाले जानकारी दिए।


  आजै भएको दोस्रो खेलमा अमृत युवा क्लब ठोरी २ सुन्दरबस्तीले युवा जागृति क्लब ठोरी २ गौतमनगरलाई १ शून्य गोल अन्तरले पराजित गरेको छ।मध्यान्तर पूर्वकै समयमा अमृत युवा क्लबका जर्सी नम्बर ११ का राजु सापकोटाले पाएको अवसरलाई सदुपयोग गर्दै जाली चुमाएपछि अमृत युवा क्लब बिजयी भएको हो।आजको दोस्रो खेलको म्यान अफ दी म्याच अमृत युवा क्लबका जर्सी नम्बर ४ का पावेल थापा घोषित भएको अध्यक्ष रानाले जानकारी दिए।
             
   भोलिको पहिलो खेल निर्मलसमाज युवा क्लब ठोरी ४ मिलचोक र जनचेतना युवा क्लब ठोरी १ भगवाननगर बीच हुनेछ भने दोस्रो खेल नवयुवा क्लब ठोरी २ गौतमनगर र थ्रीस्टार क्लब ठोरी १ सरस्वतीनगर बिच हुने खेल संयोजक सुनिल लामाले जानकारी दिए।


  असोज २४ गते फाइनल खेल हुने छ।खेलको बिजेतालाई नगद  रु ५२ हजार,कप,मेडल तथा प्रमाणपत्र बितरण गरिनेछ भने उपबिजेतालाई नगद  २६ हजार ,कप,मेडल तथा प्रमाणपत्र दिइने आयोजकले जानकारी दिएको छ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.