logo

ठोरीमा जारी फूटवलमा भुमिशक्ती युवा क्लब र अमृत युवा क्लब ठोरी  बिजयी

 इसीमाना सम्वाददाता     २०७८ असोज १९ गते ०६: ५१ मा प्रकाशित     1037   पटक पढिएको

हिन्दुहरुको महान पर्व बिजयादशमीको अवसरमा ठोरी २ को व्यारेक खेल मैदानमा जारी दशैं कप २०७८ को पहिलो खेलमा निर्मलसमाज क्लब ठोरी १ रोजीनगर बिजयी भएको छ । 

भुमिशक्ती युवा क्लब ठोरी ४ मालिबस्तीलाई १ का बिरुद्ध  २ गोल अन्तरले पराजित गरेको हो ।भूमिशक्ती युवा क्लबका जर्सी नम्बर ११ का जितु पाण्डेले मध्यान्तरपूर्व कै समयमा गोल गरी अग्रता दिलाएता पनि निर्मलसमाज क्लबका जर्सी नम्बर २३ का समीर थापाले मध्यान्तरपछिको समयमा एक गोल गरी बराबरी गरेका थिए।

 

अत्यन्तै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा निर्मलसमाज क्लबका जर्सी नम्बर ९ का संजिव भट्टराईले पाएको अवसरलाई सदुपयोग गरी एक गोल गरेपछि निर्मलसमाज क्लब  बिजयी भएको हो। पहिलो खेलको म्यानअफ दी म्याच निर्मलसमाज क्लबका जर्सी नम्बर ९ का सन्जिव भट्टराई घोषित भएको वनशक्ती युवा क्लबका अध्यक्ष कमल रानाले जानकारी दिए।


  आजै भएको दोस्रो खेलमा अमृत युवा क्लब ठोरी २ सुन्दरबस्तीले युवा जागृति क्लब ठोरी २ गौतमनगरलाई १ शून्य गोल अन्तरले पराजित गरेको छ।मध्यान्तर पूर्वकै समयमा अमृत युवा क्लबका जर्सी नम्बर ११ का राजु सापकोटाले पाएको अवसरलाई सदुपयोग गर्दै जाली चुमाएपछि अमृत युवा क्लब बिजयी भएको हो।आजको दोस्रो खेलको म्यान अफ दी म्याच अमृत युवा क्लबका जर्सी नम्बर ४ का पावेल थापा घोषित भएको अध्यक्ष रानाले जानकारी दिए।
             
   भोलिको पहिलो खेल निर्मलसमाज युवा क्लब ठोरी ४ मिलचोक र जनचेतना युवा क्लब ठोरी १ भगवाननगर बीच हुनेछ भने दोस्रो खेल नवयुवा क्लब ठोरी २ गौतमनगर र थ्रीस्टार क्लब ठोरी १ सरस्वतीनगर बिच हुने खेल संयोजक सुनिल लामाले जानकारी दिए।


  असोज २४ गते फाइनल खेल हुने छ।खेलको बिजेतालाई नगद  रु ५२ हजार,कप,मेडल तथा प्रमाणपत्र बितरण गरिनेछ भने उपबिजेतालाई नगद  २६ हजार ,कप,मेडल तथा प्रमाणपत्र दिइने आयोजकले जानकारी दिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.