logo

सीमरामा मेयर कप फूटवल प्रतियोगीता सकियो उपाधीमाथी वडा नं. १ को कब्जा

      6/16/2018 गते 00 00 मा प्रकाशित     1536   पटक पढिएको

सिमरा २, असार । जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवल प्रतियोगिताको उपाधी वडा नं. १ ले उचालेको छ । 
सिमरा रंगशालामा शनिवार भएको फाईनल खेलमा वडा नं. २ लाई १–० ले पराजित गर्दै वडा नं. १ ले उपाधी उचालेको हो । वडा नं. १ लाई उपाधी जिताउने क्रममा पुजन श्रेष्ठ नायक सावित भए । 


रोमाञ्चक फाईनल भिडन्तमा पुजनले निर्णायक गोल गरे । खेलको ६० मिनेटमा पुजनले गरेको गोल निर्णायक बन्न पुग्यो । पुजन खेलको म्यान अफ दि म्याच घोषित भए । 


उपाधी बिजेता वडा नं. १ ले ५० हजार प्राप्त गरेको छ भने उपबिजेता वडा नं. २ ले २५ हजार पाएको छ । बिजयी खेलाडीलाई प्रदेश सभा सदस्य शोभा लामा, जीतपुरसिमरा उमपहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, उपमेयर सरस्वती चौधरी, वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, कार्यपालिका सदस्य सुभद्रा न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए । 


प्रतियोगिताको सर्वोत्कउष्ट खेलाडी वडा नं. १ का निरज थापा मगर घोषित भएका छन् । उनले ११ हजार प्राप्त गरे । उत्कृष्ट फरर्वाडको उपाधी समेत निरजकै नाममा रहयो । प्रतियोगिता अवधीभर ४÷४ गोल गरेका निरज थामामगर र वडा नं. ५ का कृपा चौधरीले सर्वाधिक गोलकर्ता पुरस्कार हात पारे ।

दुबैले दुई हजार पाच सय प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट डिफेन्स वडा नं. १ का रोहन लामा, उत्कृष्ट गोलरक्षक वडा नं. १ का रोहन मगर र उत्कृष्ट मिडफिल्डको पुरस्कार वडा नं. २ का प्रज्वल थापामगरले हात पारेका छन् । विधागत पुरस्कार बिजेता खेलाडीलाई पाच हजार नगदले पुरस्कृत गरिएको थियो । 


जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको फाईनल खेलको उद्घाटन प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. पौडेल, उपमेयर चौधरीलगायतले गरेका थिए ।

 

उद्घाटन समारोहमा विभिन्न राजनितिक दलका प्रतिनिधि, जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्यसहित जनप्रतिनिधि, स्थानिय संघसंस्थाका प्रतिनिधि, स्थानिय अगुवालगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा प्रतियोगिताको प्रवद्र्धकको रुपमा रहेको नेपाल खेलकुद पत्रकार मञ्च बारा, शान्तिसुरक्षा प्रदान गर्ने ईलाका प्रहरी कार्यलय सिमरा, सशस्त्र प्रहरी बेस क्याम्प जीतपुर र विभिन्न ब्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

क्लबका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुनिल गाउलेले गरेका थिए भने स्वागत मन्तब्य सचिव निरज पुडासैनीले राखेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.