logo

प्रथम मेयर कप फूटवल ,वडा नं. १ फाईनलमा प्रवेश 

      6/13/2018 गते 00 00 मा प्रकाशित     1532   पटक पढिएको

सिमरा, ३० जेष्ठ । वडा नं. १२ लाई सडन डेथमा पराजित गर्दै वडा नं. १ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । 


सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा वडा नं. १२ लाई वडा नं. १ ले सडन डेथमा पराजित गरेको हो । निर्धारित समयमा दुबै टिमले बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा समेत बराबरी भएपछि नतिजा सडन डेथबाट निस्किएको हो । 


निर्धारित ८० मिनेट खेलको २०औं मिनेटको खेलमा वडा नं. १ का लागि निरज राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलम उत्कृष्ट प्रदर्शन गरेका निरजले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । 


प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि थुप्रै अवसर गुमाएको वडा नं. १ ले सडम डेथसंग संघर्ष गर्नुप¥यो । क्वार्टरफाईनलमा वडा नं. ७ संग १÷० ले पराजित भएको वडा नं. १२ प्रोटेस्टपछि बिजयी घोषित भएको थियो । वडा नं. ७ ले वडाभन्दा बाहिरको खेलाडी खेलाएको खुलेपछि आयोजकले वडा नं. १२ लाई बिजयी घोषणा गरेको हो । 


खेलमा दोस्रो अवसर पाएको वडा १२ ले आकर्षक खेल भने प्रदर्शन गर्न सकेन । अन्तिम समयसम्म वडा नंं. १ लाई रोक्न संघर्ष गरेको वडा नं. १२ ले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । वडा नं. १ को रक्षापंक्ती सम्हालेका रोहन लामा र गोलरक्षक रोहन मगरबीच तालमेल नमिल्दा वडा नं. १२ का सागर चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 


निर्धारित समय बराबरीमा सकिएपछि खेल टाईब्रेकमा पुगेको थियो । टाईब्रेकरमा पनि दुई टिमले ५÷५ को बराबरी खेलेका थिए । वडा नं. १ का लागि टाईब्रेकरमा कप्तान रोहन लामा, निरज राई, अमित दुवाडी, पुजन श्रेष्ठ र बसन्त लामाले गोल गरे । वडा नं. १२ का लागि सागर चौधरी, सुमन चौधरी, रामप्रवेश राय, मित्यानन्द राय र आकाश रायले गोल गरे । 


टाईब्रेकर पनि बराबरीमा सकिएपछि सडन डेथमा वडा नं. १२ का अजय चौधरीको प्रहार वडा नं. १ का गोलरक्षक रोहन मगरले नियन्त्रणमा लिए । वडा नं. १ का लागि प्रशान्त चौधरीले सडन डेथमा गोल गर्दै टिमलाई जीत दिलाए । खेलको म्यान अफ दि म्याच वडा नं. १ का गोलरक्षक रोहन मगर घोषित भए ।

 

उनलाई वडा नं. १ का वडाअध्यक्ष हिराबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेलगायतले ट्रफि प्रदान गरे । 


प्रतियोगिता अन्तर्गत बिहिवार दोस्रो सेमिफाईनल खेल वडा नं. ५ र वडा नं. २ बीच हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको सञ्चार प्रवद्र्धकको रुपमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेको छ ।  
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.