logo

वीरगंजको हाफ म्याराथनमा आर्मीका थापाले उपाधी चुमे

      4/21/2018 गते 00 00 मा प्रकाशित     1604   पटक पढिएको

वीरगंज,८ बैशाख ।
पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको २१ दशमलव १ किलोमिटर दुरीको नेपाल आईस पाँचौ वीरगंज सिटी हाफ म्यारथनको उपाधी सिनियर तर्फ आर्मीले जितेको छ ।त्रिभुवन आर्मी क्लबले म्याराथनको प्रथम र द्वितिय स्थानमा बाजी मारेको छ भने तृतिय स्थान सशस्त्र प्रहर बलले प्राप्त गरेको छ ।


।आर्मीका लालबहादुर थापा प्रथम र टिकाराज कटुवाल द्वितिय भए ।थापाले १घण्टा ११ मिनेट,कटुवालले १ घण्टा १२ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै पहिलो र दोस्रो स्थान ल्याए भने एपिएफका सन्तोष विष्टले १ घण्टा १२ मिनेट
३६ सेकेन्डमा दौड पुरा गर्दै तृतिय स्थान ल्याए ।यसै गरी सिनियर तर्फ जुम्लाका धर्मेन्द्र बुढा मगर चौथो,माल्दिभ्सका मोहम्द रसिद पाँचौ र काठमाडौका किशोर खड्का छैठो भए ।


त्यसै गरी ५ किलो मिटर दुरी रहेको जुनियर तर्फ १८ मिनेटमा दौड पुरा गर्दै सुभाष थापा प्रथम,अनिल साह द्वितिय,अमित शर्मा तृतिय,हासिम मंसुरी चौथो,गोरखा फौजी पाँचौं र दिपक सार्की छैठो भएँ । सिनियर तर्फका खेलाडी मध्ये प्रथमले २५ हजार,द्वितियरले २० हजार,तृतियले १५ हजार तथा जुनियर तर्फमा प्रथमले ५ हजार,द्वितियरले ३ हजार र तृतिय हुने ले २ हजार नगदसहित,मेडल,प्रमाण पत्र प्राप्त गरे ।

 

म्याराथन दौड प्रतियोगिताको आर्कषणका केन्द्र विन्दुको रुपमा रहेका दक्षिण एशियाली म्याराथन तथा ओम्पियन बैकुन्ठ न्धर,अन्तराष्ट्रिय धावक पुष्पलाल श्रेष्ठ,बुद्धवीर लामालगायतले विजेता खेलाडीहरुको हौसला बढाउन पुरस्कृत गर्दै बधाई दिएका थिए ।संघका अध्यक्ष शैलेन्द्र पाण्डेको अध्यक्षता एवं दिलिपराज कार्कीको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समिति वीरगंजका अध्यक्ष मानदेव हाजरा,नेपाल आईसका प्रतिनिधि प्रदीप कंडेल,हिमालयन डिष्टीलरी लिमिटेडका कारखाना प्रबन्धक उदय भण्डारी,गण्डक हस्पिटलका सिइओ चन्दनकुमार चौरसिया,क्रिकेट एशोसियशन नेपाल,मध्यमाञ्चल क्षेत्रीय समिति वीरगंज सदस्य कृष्णकन्हैया कायस्थलगायतको उपस्थिति थियो ।

 


यसैवीच,वीरगंजमा संस्कृति रक्षा दौड प्रतियोगिता सम्पन्न भएको छ ।५ किलोमिटर दुरीको यो प्रतियोगितामा प्रिन्स मुखिया प्रथम,चन्देश्वर पटेल द्वितिय,विकासचन्द उपाध्याय तृतिय भएका छन् ।कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानसेनापति रुकमागद कटुवालले विजेता विद्यार्थीहरुलाई पुस्कृति गरेका थिए । दौड प्रतियोगिताको रुट घण्टाघरबाट छपकैया पोखरीबाट रेल्वे रोड भएर घण्टाघर सम्म ५ किलोमिटरको लागि निर्धारण गरिएको थियो भने २१ किलोमिटरमा परवानीपुर प्रहरी चेक प्वाइन्टबाट पुनः घण्टाघरमा फर्किएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.