logo

वीरगंजमा  हुने पाँचौ म्याराथन दौडमा ,अन्तर्राष्ट्रीय ब्यक्तित्वको सहभागिता रहने 

      4/19/2018 गते 00 00 मा प्रकाशित     1581   पटक पढिएको

वीरगंज,६ वैशाख÷
पर्सा जिल्ला एथलेटिक्स संघ वीरगंजले आउदो शनिवार राष्ट्रिय स्तरको ‘नेपाल आइस पाँचौ वीरगंजसिटी हाफ म्याराथन’ दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

कार्यक्रम बारे आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो  ।

 

विहान ६ बजे देखि ९ बजे सम्म आयोजना हुने कार्यक्रममा नेपालका अन्तर्राष्ट्रिय म्याराथन धावक बैकुन्ठ मानन्धर,माल्दिभ्सका धावक मोहम्द सिफाज,नेपाली सेना,प्रहरी ,सशस्त्र प्रहरीका धावक तथा राष्ट्रिय एवं स्थानीय खेलाडी गरी करिब ३ सय खेलाडीहरु सहभागी हुने संघका अध्यक्ष शैलेन्द्र पाण्डेले जानकारी दिए  ।

 

प्रतियोगितामा घण्टाघरबाट छपकैया पोखरी,रेल्वे रोड हुदे घण्टाघर भएर परवानीपुर प्रहरी चेक प्वाइन्टबाट पुनः घण्टाघरमा फर्केर २१ दशमलव १ किलोमिटरको दुरी पुरा गरिने छ ।

 

नेपाल फुटबल संघका प्रशिक्षक एवं वीरगंजका पुराना खेलाडी हरिबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पुर्व एथलेटिक्टस खेलाडी मोहम्द ईस्लाम शेख,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीलगायतले वीरगंजको खेलकुद इतिहास र आफना अनुभवको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

 

सो अवसरमा नेपालकै पहिलो कान्छो म्याराथन धावक(१५ वर्षमै राष्ट्रिय स्तरमा म्याराथन खेलेर पदक जितेको)वीरगंजका श्याम मण्डल,एथलेटिक्स संघ पर्साका उपाध्यक्ष अजय पटेल,कोषाध्यक्ष निमेश पटेल,वीरगंको विद्यासदन माविका एथलेटिक्स खेलाडीहरुको सहभागिता थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.