logo

आयोजक र सुरुङ्गा वाइटवास सेमी फाइनलमा

आयोजक र सुरुङ्गा वाइटवास सेमी फाइनलमा

      1/23/2017 गते 00 00 मा प्रकाशित     1266   पटक पढिएको

    माघ १० झापा /आयोजक नेपाली क्रिकेट समर्थक समाज र सुरुङ्गा ह्वाइट वास क्लब झापाको शनिअर्जुन नगरपालिकामा जारी कंगारु एनसिएसएस झापा कप टि ट्वाइन्टि क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् ।
    प्रतियोगिता अन्तर्गत आज भएको पहिलो क्वाटरफाइनल खेलमा कर्णाली एजुकेशन बुधबारेलाई ६ विकेटले हराउदै आयोजकले अन्तिम चारमा आप्mनो स्थान सुरक्षित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । उसका लागि अनुप मुखियाले ४० रन बनाउनु बाहेक अन्य व्याटस्म्यान क्रिजमा चल्न सकेनन् । आयोजकका अर्जुन भुजेल र दिव्यन भट्टराईले समान ३÷३ विकेट लिए ।
    ९३ रनको विजय लक्ष्य लिएर मैदान प्रवेश गरेको आयोजकको टिमले १६ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । आयोजकलाई जिताउन म्यान अफ दि म्याच आनन्द यादवले २३ तथा रुपेश रिजालले २१ रनको योगदान गरे ।
    आजै भएको दोश्रो खेलमा प्रतिभा वारियर्स इटाभट्टालाई ६ विकेटले पराजित गदै 
सुरुङ्गा ह्वाइट वासले पनि सेमी फाइनलमा आप्mनो ठाउँ सुरक्षित गरेको छ ।
    टस हारेर पहिला ब्याटिङ गरेको इटाभट्टाले १८ दशमलव २ ओभरमा ८६ रन जोड्दा सबै विकेट गुमायो । उसका लागि समिर श्रेष्ठले २४ तथा कमल ओझाले १० रन बनाए । सुरुङ्गाका सविन प्रसाँई र सुभम उप्रेतीले समान ३÷३ विकेट लिए । 
    ८७ रनको लक्ष्य सुरुङ्गाले १७ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो । उसका लागि म्यान अफ दि म्याच मिलन कार्कीले ३० तथा सुनिल विष्टले १० रनको योगदान गरे । इटाभट्टाका कमल ओझाले २ विकेट लिए ।    
प्रतियोगिता अन्तर्गत भोली हुने पहिलो खेलमा धाइजन र समयगढ क्रिकेट क्लब तथा दोश्रो खेलमा इलेक्ट्रिकसट ट्रुथबारी र दमक क्रिकेट क्लब बिच सेमी फाइनल प्रवेशका लागि प्रतिश्पर्धा हुने आयोजकका रोमन चापागाँईले जानकारी दिए   ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.