logo

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

 इसीमाना सम्वाददाता     २०८२ पौष १३ गते ०४: ४२ मा प्रकाशित     214   पटक पढिएको

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

 


चित्रगुप्त संरक्षक परिषद्का पुर्व अध्यक्ष बीरगन्ज महानगर पालिका वडा न १ निवासी स्व. प्रा.डा. कुलानन्द लाल दास योगदानलाई चीरस्थायी राख्नकालागि उनको  स्मृतिमा धर्मपत्नी श्रीमती रम्भा देवी दास र छोराहरु सुभाष कुमार दास एवम्  मनिष दासले चित्रगुप्त समिती बीरगन्जलाई अक्षयकोष को लागि रु ५ लाख ५५ हजार ५ सय ५५ रुपैया उपलब्ध गराएका हुन। वरिष्ठ शिक्षाविद प्रा. डा. दास ठाकुरराम क्याम्पसमा अध्यापक थिए । 

 


बुधबार दाता परिवारको तर्फबाट मनिष दास र हेमा कुमारी दासले चित्रगुप्त समिति बीरगन्जका अध्यक्ष महेश दास एवम् कोषाध्यक्ष डा. आलोक चन्द्र दत्तलाई उक्त रकमको  चेक हस्तान्तरण गरे ।

 
 अक्षयकोषका माध्यमले गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराइने उनका पुत्र मनिष दासले बताए । डा. दासले चित्र गुप्त समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।  

 


दाता परिवारबाट प्राप्त रकमबाट आर्थिक रुपमा विपन्न जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा  छात्रवृत्ति दिइने तथा अति आवश्यक विरामीलाई औषधि उपचारमा आर्थिक सहयोग प्रदान गरिने समितिका अध्यक्ष महेश दासले बताए । यो अक्षयकोषमा अन्य दाताहरुले समेत ईच्छाएको व्यक्तिको नाममा रकम दिन अपिल गरेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.