logo

मोटरसाइकल चोरी पार्टपूर्जा अलग पारेर बेच्नेहरु पक्राउ

      3/27/2021 गते 00 00 मा प्रकाशित     696   पटक पढिएको

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० बस्ने २२ वर्षीय महम्मद नुरउल्लाह देवान र सोही स्थानका २८ वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले उनीहरुलाई  चोरीको मोटरसाइकलको पाटपुर्जासहित पक्राउ गरेको हो ।

वीरगञ्ज ३० स्थित बगहीदेखि परवानीपुरतर्फ जाने सडकखण्डमा अमेरिका सहनीको मोटरसाइकल ग्यारेजमा शंका लागि चेकजाँच गर्दा चोरी गरी ल्याइएका मोटरसाइकलका पाटपुर्जाहरु प्रहरीले बरामद गरेको थियो ।

 

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त मोटरसाइकलका पार्टसहरु चोरी गरी ल्याएको खुल्न आएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनु भयो  ।

 

उनीहरुले अपाचे मोटर साइकल चोरेर त्यसका सबै पार्ट्स पूर्जा खोलेर बेचेका हुन । टायर अलग अन्य पूर्जा समेत अलग गरिएको अवस्थामा प्रहरीले मोटरसाइकल बरामद गरेका हो ।

पक्राउ परेका दुबैजनालाई चोरी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी खनालले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.