Friday, 20 June 2025, 9:07:02 pm

भ्रष्टाचारको अभियोगमा मुद्धा दायर, मधेश प्रदेशका एमाले सासँद ठाकुर निलम्वित

 इसीमाना सम्वाददाता     २०८२ जेठ २७ गते ०६: ०३ मा प्रकाशित     365   पटक पढिएको

काठमाडौं । अस्पताल निर्माणमा अनियमितता गरेको आरोपमा नेकपा एमाले का मधेश प्रदेशका सदस्य  दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको आरोपमा ठाकुरविरुद्ध मंगलबार  बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।


आयोगले नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

ठाकुर धनुषाको क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित सांसद हुन्। अख्तियारले उनीसंगै गाउँपालिकाका तत्कालिन अध्यक्ष बहमदेव  यादव, उपाध्यक्ष मिरा देवी सहनी ,वडाध्यक्षहरु सुवोध कुमार ठाकुर,अश्ेशवर कुमार यादव,अनित कुमार यादव,गंगा प्रसाद यादव शिवनाथ साह,प्रेम झा र दीलीप कुमार साह, सव इन्जिनियरहरु सोनु साह,सन्तोष मण्डल,बिनित कुमार खरदारहरु मोहन कुमार र मनोज यादव बिरुद्ध पनि मुद्धा दर्ता गरेको छ ।

 

लुम्वििनी डि एण्ड एन जेभी तथा जि एण्ड एन बिल्डर्स प्रा.लि.का तत्कालीन प्रवन्ध निर्देशक बिष्णु शर्मा बिरुद्ध पनि मुद्धा दर्ता भभएको छ । करिब ७ करोड रुपैयाको हिनामिना गरेको अभियोग छ । 

मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ। उनी पेशाले ठेकदार हुन  । ठे्क्दारीबाट राजनीतिमा प्रवेश गरेका ठाकुरको निलम्बनसंगै मधेश प्रदेशमा पहिलो राजनीतिक दलको रुपमा रहेको एमाले अव नेपाली कांग्रेस संग बराबरमा झरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु