logo

छठको आज मुख्य दिन अस्ताउदो सूर्यलाई अर्घ्य दिइने, सन्तानको रक्षाकर्ता छठीमाता को हुन ?

      11/20/2020 गते 00 00 मा प्रकाशित     976   पटक पढिएको

छठ पर्वको तेस्रो तथा प्रमुख दिन  आज साँझ अस्ताउँदो सूर्यलाई व्रतालुहरुले सन्ध्या अर्घ्य दिनेछन ।  मध्यतराईका शहर र ग्रामिण भेगमा रहेको इनार, पोखरी, नदीसहितका जलाशयको घाटमा शुक्रवार साँझ अस्ताउदो सूर्यलाई एकसाथ अर्घ्य दिइने छ  ।

लोकआस्थाको पर्वको रुपमा परिचित रहेको यसपर्वमा कोरोना कहरका कारण घाटहरुमा सजावट भने कम छ । यस पटक घरमा सानो जलकुण्ड बनाएर सावधानी अपनाउदै पूजा आराधाना गरिदै छ । कतिपय ठाउँका घाटमा बत्ती, टेन्ट, पण्डालको समेत व्यवस्था गरिएको छ । घाटमा कतिपय ब्रतालु भक्तजन बस्ने परम्परा पनि रहेको छ । 

 

छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने परम्परा अनुसार अर्घ्य दिइन्छ । तराईमा यस विधिलाई साँझको अर्घ्य अर्थात ‘सझिया घाट’ भनिन्छ ।

पोखरी, इनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘बिहनिया घाट’ भनिन्छ ।

अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभुति राख्न छठ पर्वले अभिप्रेरित गर्छ ।  भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ ।


को हुन छठी माता ?


त्यस्तै छठको अन्तिम दिन अर्थात भोलि एकाबिहानै उदाउदो सूर्यलाई अर्घ्य दिएर छठपर्वको समापन गरिने भएको छ । छठ पर्वको आफनो एतिहासिक महत्व रहेको छ ।

 

छठ पर्वको महत्व रामायण महाभारतकालीन समयसंग पनि जोडिएको छ । छठी माताको ब्रत गरिने पर्वमा धेरै जसो सूर्यको उपासनासंगका महत्वहरुका बारेमा उल्लेख भएको पाइन्छ ।

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ ।

 

चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । तर वास्तवमा छठीमाता को हुन भन्ने कुराको चर्चा कमै हुने गरेको छ । देवी भागवत पुराणका अनुसार  भगवान ब्रह्माकी मानषपुत्री बालदा षठीलाई छठी माताको रुपमा पूजा अर्चना गरिन्छ ।  

 

राजा प्रियर्वतकी धर्म पत्नी रानी मालीनीको १२ वर्ष सम्म गर्भमा रहेको बच्चा सकुशल नजन्मेको र त्यसैको पीडमा श्मसानमा राजा प्रियर्वतले काखमा छोरो राखेर बिलाप गरका बेला बालदा षठी, (छठीमाता) प्रकट भई छठी माताको पूजा गर्ने  र गराउने बचन लिएर मृत छोरालाई त्यतीनै बेला जीवीत बनाएको र त्यही बेलादेख छठी माताको पूजा आराधाना हुदै आएको देवी भागवत पुराणमा समेत उल्लेख छ । त्यसैले सन्तानको सुख र रक्षाकोलागि छठी माताको पूजा आराधाना हुने गरेको छ । 


छठको पहिलो दिन(कार्तिक शुक्ल चतुदर्शी )
नहान खान (नहाए खाए)

कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् ।

 

बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन्  म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।


छठको दोस्रो दिन(कार्तिक शुक्ल पञ्चमी)
खर्ना

विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।

 

यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।


छठको तेस्रो दिन(कार्तिक शुक्ल षष्ठी)
छठ

छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।

 

छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ ।


छठको चौथो दिन(कार्तिक शुक्ल सप्तमी)
पारण

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.