logo

पर्सा ट्राफिकको मुद्रामोहले बीरगंजका सडकमा यत्रतत्र सवारी साधन,शहरको सौन्दर्यतामाथि ग्रहण

 इसीमाना सम्वाददाता     २०८१ बैशाख २ गते १२: २० मा प्रकाशित     678   पटक पढिएको

बीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा कमाउ धन्दामा लिन भएका कारण पर्सा र महानगरको ट्रासफक ब्यवस्थापन माछा बजार जस्तो भएको छ ।


सवारी साधनको ब्यवस्थापन र यात्रुको सुरक्षाको बिषयमा ट्राफिक सचेतना जगाउने भन्दा बढी कमाउ धन्दामा लागेकोले बीरगंजका सडकहरुमा यत्रतत्र सवारी साधनहरु मात्र देखिन्छ । जसले शहरको सौन्दर्यतालाई गिज्याएको देखिन्छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाको मुद्रा मोहका कारण ट्राफिक ब्यवस्थापन अस्तब्यस्त देखिएको हो । उनले ट्राफिक ब्यवस्थापनकालागि बिभिन्न पोस्टमा ट्राफिक प्रहरी कर्मचारी परिचालन गर्दा नै मासिक रुपमा आर्थिक भेटी बुझाउनु पर्ने ब्यवस्था गरेका छन ।

 

देशभरि यात्रु बोकेर गुडने गाडी छुट्ने नयाँबसपार्कमा ट्राफिक प्रहरीको प्रभावकारी उपस्थिति हुनु पर्ने हो । तर पोष्टमा खटिएका प्रहरीलाई दैनीक २ हजार रुपैया बेलुका प्रहरी नीरिक्ष खतिवडालाई बुझाउनु पर्ने बोझले टाउको दुखाउछ । दिन भरि अनेकै वाहना बनाएर गाडीका चालकहरुसंग पैसा उठाउनु पर्छ ।

 

आजकलका चालकहरु सजिलै पैसा दिन काहा मान्छन र गाडीमा केही न केही समस्या देखाउनु नै पर्छ नाम उल्लेख नगर्ने शर्तमा बसपार्कमा पहिला कार्यरत एक प्रहरी जवानले भने । गाडीको वाइफर चलेन भने पनि ट्राफिक प्रहरीले पैसा लिने गरेको एक चालकले बताए ।


सुख्खा बन्दरगाहमा रहेको पोष्टमा जाने कमाण्डरले उनलाई दैनीक ७ हजार रुपैया बुझाउनु पर्ने स्रोतले दावी गरेको छ । अहिले त्याहा प्रनी खतिवडाले बलराम चौधरीलाई पठाएका छन । चौधरी भन्दा अगाडि त्याहा सहायक प्रहरी नरिक्षक लालबाबु सहनी थिए ।

प्रत्येक २ महिनामा पोष्टमा जिम्मेवारी हेरफेर गर्दै खतिवडाले सबैलाई कमाउने अवसर दिदै आएका छन । यद्धपी खतिवडाले आफू आउनु भन्दा पहिला देखीको प्रचलन नै यही रहेको बताएका छन । खतिवडाले पोष्टमा खटेकालाई कार्यालय र कार्यालयमा रहेकालाई पोष्ट दिने पुरानो चलन भने ब्रेक गरेका छन ।

उनलाई सजिलै पैसा दिनेहरुलाई पोष्टबाट पोष्टमा सरुवा गर्ने गरेका छन । सुख्खा बन्दरगाहका सहनी कार्यालयमा नभई बसपार्कको पोष्टमा पुग्नुले पनि त्यही कुरा पुष्टि गर्दछ । अहिले सहनी बसपार्कमा छन ।

यात्रुबाहक गाडीका काउन्टरहरुले प्रति गाडी ५० रुपैया ट्राफिक प्रहरीलाई दिदै आएकोमा सहनीको नयाँ पोष्टीङ सगै प्रति गाडी १ सय रुपैया दिनु परेको एक चालकले बताएका छन ।

 

बसपार्कमा अटोहरुलाई पनि सहनी बिशेष सहुलिएत दिएका छन सडकको मुखमै उनीहरुलाई पार्किङ गर्न दिएर बिशेष माया गरेका छन । बसपार्क क्षेत्रमा सडकमै यत्राुबाहक गाडी र मालवाहक गाडीको पार्कङ भइरहेको छ । तर ट्राफिक प्रहरीले त्यो देखेर पनि नदेखे जस्तो गर्दै आएको छ ।

बसपार्कका प्रहरी सहायक निरिक्षक सहनीले भने आफूले कुनै गाडीसंग एक रुपैया नलिएको दावी गर्दै आरोपमा कुनै सत्ययता नभएको बताए ।

त्यसै गरि प्रनि खतिवडाले पैसा उठाउने आरोपमा सत्यता नभएको बताए । उनले कमजोरी सुधार गर्दै जाने आफनो प्रयास रहेको बताए ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.