logo

पर्सा ट्राफिकको मुद्रामोहले बीरगंजका सडकमा यत्रतत्र सवारी साधन,शहरको सौन्दर्यतामाथि ग्रहण

 इसीमाना सम्वाददाता     २०८१ बैशाख २ गते १२: २० मा प्रकाशित     612   पटक पढिएको

बीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा कमाउ धन्दामा लिन भएका कारण पर्सा र महानगरको ट्रासफक ब्यवस्थापन माछा बजार जस्तो भएको छ ।


सवारी साधनको ब्यवस्थापन र यात्रुको सुरक्षाको बिषयमा ट्राफिक सचेतना जगाउने भन्दा बढी कमाउ धन्दामा लागेकोले बीरगंजका सडकहरुमा यत्रतत्र सवारी साधनहरु मात्र देखिन्छ । जसले शहरको सौन्दर्यतालाई गिज्याएको देखिन्छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाको मुद्रा मोहका कारण ट्राफिक ब्यवस्थापन अस्तब्यस्त देखिएको हो । उनले ट्राफिक ब्यवस्थापनकालागि बिभिन्न पोस्टमा ट्राफिक प्रहरी कर्मचारी परिचालन गर्दा नै मासिक रुपमा आर्थिक भेटी बुझाउनु पर्ने ब्यवस्था गरेका छन ।

 

देशभरि यात्रु बोकेर गुडने गाडी छुट्ने नयाँबसपार्कमा ट्राफिक प्रहरीको प्रभावकारी उपस्थिति हुनु पर्ने हो । तर पोष्टमा खटिएका प्रहरीलाई दैनीक २ हजार रुपैया बेलुका प्रहरी नीरिक्ष खतिवडालाई बुझाउनु पर्ने बोझले टाउको दुखाउछ । दिन भरि अनेकै वाहना बनाएर गाडीका चालकहरुसंग पैसा उठाउनु पर्छ ।

 

आजकलका चालकहरु सजिलै पैसा दिन काहा मान्छन र गाडीमा केही न केही समस्या देखाउनु नै पर्छ नाम उल्लेख नगर्ने शर्तमा बसपार्कमा पहिला कार्यरत एक प्रहरी जवानले भने । गाडीको वाइफर चलेन भने पनि ट्राफिक प्रहरीले पैसा लिने गरेको एक चालकले बताए ।


सुख्खा बन्दरगाहमा रहेको पोष्टमा जाने कमाण्डरले उनलाई दैनीक ७ हजार रुपैया बुझाउनु पर्ने स्रोतले दावी गरेको छ । अहिले त्याहा प्रनी खतिवडाले बलराम चौधरीलाई पठाएका छन । चौधरी भन्दा अगाडि त्याहा सहायक प्रहरी नरिक्षक लालबाबु सहनी थिए ।

प्रत्येक २ महिनामा पोष्टमा जिम्मेवारी हेरफेर गर्दै खतिवडाले सबैलाई कमाउने अवसर दिदै आएका छन । यद्धपी खतिवडाले आफू आउनु भन्दा पहिला देखीको प्रचलन नै यही रहेको बताएका छन । खतिवडाले पोष्टमा खटेकालाई कार्यालय र कार्यालयमा रहेकालाई पोष्ट दिने पुरानो चलन भने ब्रेक गरेका छन ।

उनलाई सजिलै पैसा दिनेहरुलाई पोष्टबाट पोष्टमा सरुवा गर्ने गरेका छन । सुख्खा बन्दरगाहका सहनी कार्यालयमा नभई बसपार्कको पोष्टमा पुग्नुले पनि त्यही कुरा पुष्टि गर्दछ । अहिले सहनी बसपार्कमा छन ।

यात्रुबाहक गाडीका काउन्टरहरुले प्रति गाडी ५० रुपैया ट्राफिक प्रहरीलाई दिदै आएकोमा सहनीको नयाँ पोष्टीङ सगै प्रति गाडी १ सय रुपैया दिनु परेको एक चालकले बताएका छन ।

 

बसपार्कमा अटोहरुलाई पनि सहनी बिशेष सहुलिएत दिएका छन सडकको मुखमै उनीहरुलाई पार्किङ गर्न दिएर बिशेष माया गरेका छन । बसपार्क क्षेत्रमा सडकमै यत्राुबाहक गाडी र मालवाहक गाडीको पार्कङ भइरहेको छ । तर ट्राफिक प्रहरीले त्यो देखेर पनि नदेखे जस्तो गर्दै आएको छ ।

बसपार्कका प्रहरी सहायक निरिक्षक सहनीले भने आफूले कुनै गाडीसंग एक रुपैया नलिएको दावी गर्दै आरोपमा कुनै सत्ययता नभएको बताए ।

त्यसै गरि प्रनि खतिवडाले पैसा उठाउने आरोपमा सत्यता नभएको बताए । उनले कमजोरी सुधार गर्दै जाने आफनो प्रयास रहेको बताए ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.