logo

समाचार लेखेकै कारण पत्रकार पोख्रेललाई धम्की ,धम्की दिनेलाई कारवाही गर्न पत्रकार महासंघको माँग

      7/14/2020 गते 00 00 मा प्रकाशित     1490   पटक पढिएको


समाचार लेखेकै कारण पत्रकारलाई दूब्र्यवहार गर्नेलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ बारा शाखाले माँग गरेको छ । बाराको सीमरामा रहेर संचारकर्ममा क्रिायशिल पत्रकार शारदा पोख्रेर्ल माथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माँग गर्दै बारा शाखाले बिज्ञप्ति सार्वजनीक गरेको छ । 


पत्रकार पोख्रेलले नदी उत्खनन् र राजस्व हिनामिनाका विषयमा समाचार लेख्नु भएको थियो । समाचार लेखेको बिषयलाई लिएर श्रेष्ठ बिल्डर्सका सञ्चालक लाल श्रेष्ठले पत्रकार पोख्रेललाई धम्क्याउँदै दुर्व्यवहार गरेका छन्‌।

 

 जितपुर सिमरा उपमहानगरको राजस्व हिनामिना, ठेकदारको घाटगद्दी शिल गर्न प्रहरी परिचालन शीर्षकको समाचार लेखेपछि पत्रकार पोखरेललाई श्रेष्ठले आगामी दिनमा नदिजन्य उत्खननको समाचार नलेख्न धम्की दिएका हुन्‌।

 

​ठेकदार श्रेष्ठले माघ मसान्तभित्र बुझाउनुपर्ने नदिजन्य उत्खननको दोस्रो किस्ताको सवा करोड राजस्व रकम बाउन्स चेक बुझाएर नगरपालिकालाई झुक्याएका थिए। पोखरेलले पसाहा, बालगंगा र दुधौर नदी उत्खनन्‌ गरिरहेका ठेकेदारले पनि चैत मसान्तमा बुझाउनुपर्ने झण्डै ५ करोड रकम नबुझाएको समाचार लेख्नु भएको थियो ‌। 


श्रेष्ठले पत्रकार पोख्रेललाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको छलफलमा गुण्डागर्दी शैलीमा दुर्व्यवहार र गालीगलौज गरेका थिए । उनको यो हर्कत  प्रेस स्वतन्त्रता विरोधी काम हो, सञ्चारकर्मी पोखरेलमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दछ  महासंघको विज्ञप्तिमा उल्लेख छ।

 

महासंघले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन तथा यस्ता अराजक गतिविधि नियन्त्रणमा कडा कदम चाली पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन सम्वन्धित निकायसँग माग गरेको छ।  बारामा नदिजन्य निर्माण सामग्री उत्खनन् गरिरहेका ठेकेदारहरूले प्रारम्भिक र  विस्तृत वातावरणीय प्रभाव मुल्यांकन विपरित जथाभावी उत्खनन् गरिरहेका छन्‌। उनीहरूले राजस्वबापत बुझाउनुपर्ने करोडौं रकम बुझाउन समेत आलटाल गर्दै आएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.